यस्ता कुरा जीवनमा संधै गोप्य राख्नुपर्छ

एजेन्सी - जीवनमा धेरैलाई विश्वास गरेर आफ्नो सबै कुरा भनिन्छ । अझ विशषे गरी आफ्नो प्रेमी वा प्रेमिकालाई आफ्ना सबै कुरा भन्ने गर्छन् । माया भनेको एकअर्काको सबै कुराहरु साटासाट गर्नु पनि हो । तर  केहि कुराहरु यस्ता हुन्छ । ती कुराहरु कुनै पनि मानिसले आफ्नो प्रेमी वा प्रेमिकालाई भन्नुका फाइदा भन्दा बढी बेफाइदा हुन सक्छ । अझ भनौँ केही  कुराहरु तपाईंले आफूमा मात्र सिमित राख्नुपर्ने हुन्छ । तपाईको जीवनमा कतिपय कुरा निकै गोप्य राख्नुपर्ने हुन्छ, तसर्थ आज हामी ती कुराहरुको बारेमा छलफल गर्नेछौं ।


१।आफ्नो सबैभन्दा मिल्ने साथीको निजि कुराहरु नभन्दा राम्रो आफ्नो बेष्ट फ्रेन्डको फोन नम्बर, इमेल आइडि आफ्नो प्रेमीलाई नभन्नुहोस् । तपाईंको बेष्ट फ्रेन्डले आफ्नो निकै गोप्य कुराहरु भनेता पनि तपाईंले यस्ता कुराहरु कहिले पनि आफ्नो प्रेमिलाई नबताउनुहोस् । एक त उनलाई यस्तो कुराहरु सुन्न केहि इच्छा नभएको हुनसक्छ र अर्को कुरा उनी केहि इष्र्यालु भएर उनीप्रति सहानुभूति देखाउलान् र यहि कारण तपाईहरुको बिच झगडा उत्पन्न गराउने माध्यम पनि हुनसक्छ ।


२।आफ्नो पुरुषलाई प्रभाव पार्ने मनसायका साथ आफ्नो पूर्व प्रमीलाई आफूले धोका दिएको र आफ्नो सबैभन्दा मिल्ने साथीले दुइवटा सम्बन्धलाई मिलाएर कायम राखेको कुराहरु नभन्नुहोस् । याद राख्नुहोस्, यसलाई उनले राम्रो तरिकाले लिएको हुँदैनन् । यस्तो कुरामा उनले आफ्नो भविष्य पनि हेरेका हुन्छन् ।


३।तपाईंको पासवर्डः
विवाहित भइसकेपछि पनि एक अर्काको पासवर्ड सेयर नगर्नुहोस् । सम्बन्धमा केहि खुकुलोपन हुन निकै जरुरी छ । इमेलको पासवर्ड र एटिएम पिन नम्बर झुक्किएर पनि नभन्नुहोला । यसले सम्बन्धमा फाटो ल्याउने काम गर्दछ ।

४। आफ्नो तलबको बारेमा
विवाह भइसकेपछि परिवार मिलेर केहि ठूलो लगानी गर्दै हुनुहुन्छ भने मात्र आफ्नो तलबको व्याख्या गर्नुहोस् नभए आफ्नो तलबको बारेमा नभन्दा नै राम्रो । आफ्नो तलबमा कति वटा जिरो छ भनेर बताइरहन जरुरी छैन । यो कुरा तपाईंको प्रेमीमा पनि लागु हुन्छ । उनलाई पनि आफ्नो तलबको बारेमा सोधिरहन जरुरी छैन ।

५। महिलाहरु आफ्नो शरिरको परिवर्तनको बारेमा बताउँदा आफ्नो प्रेमिसँग नजिक हुनुहुन्छ भनेर सोच्दै हुनुहुन्छ भने तपाईंले गलत सोचिरहनु भएको छ । कुनै पुरुषहरु यस्तो कुरा गर्न लजाउन सक्छन् र तपाईंले यस्तो कुरा गर्दा उनीहरुलाई असजिलो र अनौठो महसुस हुनसक्छ । त्यसकारण यस्तो कुराहरु आफैँसँग राख्दा राम्रो हुन्छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक