समाजको वास्तिविक एैना वन्दै पुर्णिमा

रोसन दानी / नायिकाहरु समाज सेवामा लागिरहेका छन् भन्दा हासो उठन् सक्ला ?? हो एक जना रेलिमाई फिल्मीकी नायिका यस्तै काममा व्यस्त छिन् । समाजमा जन्मिए पछि केहि गनु पर्छ भने भावना कारण उनी अहिले आफ्नो गृह जिल्ला दोलखा चरिकोटमा अनार्थ वालवालिकाको सहयोगार्थ रेलिमाईको प्रर्दशन गरि सहयोग पुयाईरहेकी छन् । चरिकोटमा पनि रेलिमाई हेर्न दर्शकहरुको निकै भिड लागेको थियो । माघ १५, १६ र १७ गते त्यही सिमपानी हल ‘रेलिमाइर्’ हेर्न भरिएका थिए ।


फिल्म सुरु हुनुभन्दा एक, आधा घण्टा अगाडिनै दर्शकहरु हलमा पुगेका थिए । दिनमा तीन सो सम्म चलेको उक्त फिल्म तीनै दिन हल भरिएका थिए । विद्यार्थी र अन्य गरी २ किसिमको टिकटको व्यवस्था थियो । दर्शकहरुले दुई सय ५० रुपैयाँनै तिरेर फिल्म हेरेका थिए । महिला हिंसा र बेरोजगारी युवाको पीडासँग सम्बन्धित भएकाले धेरैले मन पराएका थिए ।


फेथ नेपालको आयोजनामा गरिएको च्यारिटि तीन दिनसम्म चलेको थियो । उक्त कार्यवाट संकलन भएको रकम गौरीशंकर बालगृहका बालबालिकालाई वितरण गरिएको हो । चरिकोटमा एक कार्यक्रमका विच दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालमार्फत गौरीशंकर बालगृहका निरञ्जन सापकोटालाई हस्तान्तरण गरिएको छ । तीन दिनसम्म चलेको च्यारिटी सोको मार्फत संकलन भएको रकम टिकटबापत उठेको रकम २० हजार १ सय ५१ रुपैयाँ वालवालिको उज्वल भविष्यको लागि प्रलान गरिएको फेथ नेपालका सचिव निशा थापाले वताउँनु भयो ।  सबै जिल्लामा २ जना विद्यार्थीलाई पढाउने अभियानका साथ चलचित्रको च्यारिटी सो भएका हो । 


यसै क्रममा रेलिमाई फिल्म दोलखामा पनि च्यारिटी सो गरिएको हो । फेथ नेपालकी अध्यक्ष तथा नायिका पुर्णिमा लामाले नेपालको महिला हिसां विरुद्ध र वाल शोषण  विरुद्ध समाजमा कुनै पनि अपराधिक घटनाहरुको निमुल गरि  भय मुक्त सभ्य समाज निमार्ण गर्ने उदेश्य रहेको वताउँदै ,समाजमा उत्पिडन, जो अनाथ वा गरिवी,अशिक्षा,को रेखामुनी रहेका वालवालिकाहरुका लागि सधै सहयोगरिरहने वताउँनु भयो ।नायिका लामा भन्छिन ‘सबै जिल्लाका दुई जना विद्यार्थीलाई पढाउने लक्ष्य राखेका छौं ।” ” अझ दोलखा त आफ्नो जन्मभूमि समेत भएकाले केही गरु भन्ने भावना भएको उनको भनाई छ । हालसम्म देशका ७५ वटै जिल्लामा फिल्म चलिसकेको छ । देश विदेशबाट समेत यस चलचित्र अवार्ड हात पार्न सफल भएको छ । रिम विश्वकर्माको निर्माण र निर्देशनमा वनेको रेलिमाईमा नायक संनजोक राणा पुर्णिमा लामाको मुख्य भुमिका रहेको थियो । गरे के हुदैन र भने उदाहरण हो पुर्णिमा र पुर्णिमाको समाज सेवा ।

सुचना तथा मनोरञ्जनको सम्वाहक