पिएसजीले बोर्डोक्सलाई ३–० ले हराएर अंक बराबरी गर्यो

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानको लिडर मोनाकोसँग अंक बराबरी गरेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा बोर्डोक्सलाई ३–० ले हराएर पिएसजीले शीर्ष स्थानको मोनाकोसँग अंक बराबरी गरेको हो ।  पिएसजीको जितमा एडिसन काभानीले दुई तथा एन्जल डि मारियाले एक गोल गरे । काभानीले ६ र ४७ औं मिनेटमा तथा मारियाले ४० औं मिनेटमा गोल गरेका हुन् । पिएसजीले गएको चार सिजन लगातार उपाधि जितेको थियो । जितपछि पिएसजीको २५ खेलबाट ५५ अंक भएको छ ।
एक खेल कम खेलेको शीर्ष स्थानको मोनाकोको पनि ५५ अंक नै छ । मोनाकोले पछिल्लो पटक सन् २००० मा लिग वानको उपाधि जितेको थियो । 

सुचना तथा मनोरञ्जनको सम्वाहक