गायक कमल खत्रीले सिड्नीमा कस्लाई कुराए रातदिन ? [हेर्नुहोस् भिडियो]

गायीका पुजा गुरुङ र चर्चित गायक कमल खत्रीको आवाज रहेको ''कयौं दिन बिते''  बोलको गित सार्बजनिक भएको छ । भ्यालेनटाईन डेको अवसर पारेर सार्वजनिक उक्त गीतमा शब्द कमल खत्री र  पुजा गुरुङको रहेको छ भने संगीत कमल खत्रीकै रहेको छ । बाबु प्रधानको अरेज्मेन्ट रहेको गीतको भिडियोलाई सुरेन श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोमा तमान्ना र सुरेनको अभिनयलाई देख्न सकिन्छ । प्रविण श्रेष्ठ र सुदिप श्रेष्ठको सम्पादन तथा टेक वयलकोटीको छायांकन रहेको भिडियोमा आफ्नी मायालुलाई भेट्न नपाएको र कुर्दा कुर्दै रात दिन बितेको भाबलाई दर्शाउन खोजिएको छ ।
भिडियो

सुचना तथा मनोरञ्जनको सम्वाहक