एनबीको ''हिरोज'' मा नायिका पुर्णिमाको करिश्मा चम्कदै ।

रोसन दानी / चलचित्र रेलिमाईबाट नेपाली फिल्म इन्डस्ट्रिजमा डेब्यु गरेकी नवनायिका पूर्णीमा लामाको मूख्य भूमिका रहेको चलचित्र हिरोज चाँडैनै प्रदर्शनमा आउने भएको छ । आगामी चैत भित्रै प्रदर्शनमा आउने तयारी भइरहेको हिरोजको रिलिज डेट भने तय भईनसेको वताईएको छ । द्धन्द्ध निर्देशक एनबी महर्जन द्धारा निर्देशित हिरोजमा पूर्णीमासँगै मुकेश ढकाल, संजोग राणा, करिश्मा मानन्धर, दिनेश डिसीलगायतको अभिनय रहेको छ । प्रदर्शनमा आउने तयारी भइरहेको हिरोज आम दर्शकका लागि नयाँ र नौलो प्रयोग गरिएकै कारण चलचित्र राम्रो वनेको निमार्ण पक्षको दावी रहेको छ । 

चलचित्र रेलिमाईबाट नेपाली फिल्म इन्डस्ट्रिजमा डेब्यु गरेकी पूर्णीमाले सोही चलचित्रबाट बक्स अफिसले प्रदान गरेको यस वर्षको सर्वोत्कृष्ट नवनायिका सगरमाथा अवार्ड पनि प्राप्त गर्न सफल भईसकेकी छन् । सगरमाथाको आधार शिविरमा आयोजना गरिएको उक्त अवार्ड विश्वकै उच्च स्थानमा गरिएको अवार्ड कार्यक्रम हो । जसको गिनिज बुकमा नाम समेत लेखाई सकेको छ । रेलिमाईबाट चलचित्र क्षेत्रमा अगाडि बढेकी नवनायिका पूर्णीमाले चार वटा चलचित्रमा अभिनय गरिसकेकी छन् । जसमा चलचित्र बन्धनको डबिङ कार्य जारी छ भने चलचित्र शिव पनि रिलिज डेटको पर्खाइमा छ । ‘रेलिमाइ’ प्रदर्शन आएपछि उनका हातमा एकसाथ आधा दर्जन बढी चलचित्र परे । ‘हिरोज’, ‘द दन्ड’, ‘शिवम् लगायत केही चलचित्र प्रदर्शनको तयारीमा छन् नायिका लामाका । केही चलचित्रको छायंकन अहिले जारी छ । ती मध्य एकमा अहिलेका चलेका हिरो दयाहाङ राइसँग पनि जोडी बाँधिदै छिन् ।करिब १५ वटा जति म्युजिक भिडियोमा पनि उनको अभिनय देख्न सकिन्छ । यसका साथै नयाँ नयाँ चलचित्रमा अनुबन्धित हुने क्रम जारी रहेको नायिका लामा वताउ छिन ।
प्रायः समाज सेवामा देखि रहेने नव नायिका पुर्णिमाको पुर्णिमाको जस्तै हसिलो चेहरा र भाग्यमानी नायिका वन समेत सफल भईसकेकी छन् । यही क्रममा उनले साइन गरेको अर्को चलचित्र ‘नेप्टे’ को आगामी बैशाखदेखि सुटिङ हुँदै छ । स्टार कास्ट दयाहाङ राईसँग काम गर्न पाएकाले नेप्टे आफ्नो लागि पनि फलदायी हुने पूर्णीमाको आशा छ । चलचित्र क्षेत्रमा आउनु अघि मिस ब्यूटी र मिस एन्जल भएकी पूर्णीमाले पछिल्लो समय दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । उनी सामाजिक कथा वस्तु बोकेको चलचित्रमा अभिनय गर्न बढी मन पराउँछिन् । ‘ग्लामर ब्यूटी हो, त्यसैले सही रुपमा प्रस्तुत हुने हो भने ग्लामर हिरोइनका लागि चाहिन्छ’ भन्ने मान्यता राख्ने पूर्णीमा समाजिक कार्यमा पनि सक्रिय छिन् । उनले पछिल्लो समय आफू अभिनित चलचित्र रेलिमाईको च्यारेटी सो वापत उठेको रकम दोलखा जिल्लामा रहेका अनाथ र असाहाय वालवालिका लाई हस्ताणतरण समेत गरेकी थिईन ।

सुचना तथा मनोरञ्जनको सम्वाहक