तपाईको राशिफल - वि.सं. २०७३ साल माघ २७ गते। बिहीबार

वि.सं. २०७३ साल माघ २७ गते। बिहीबार। इश्वी सन् २०१७ फेब्रुवरी ९ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– त्रयोदशी, ८:५३ बजेउप्रान्त चतुर्दशी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारजनको सहयोग लिँदा फाइदा उठाउन सकिनेछ। मातृधन, पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusजिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। तापनि मेहनतले विशेष अवसर दिलाउनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यवसायमा पनि राम्रै धन आर्जन हुनेछ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबोलीको गलत अर्थ लाग्नाले अरूले आलोचना गर्न सक्छन्। व्यर्थैमा विवादमा परिएला। व्यापारमा लाभांश कममात्र प्राप्त हुनेछ। विगतको श्रमबाट भने फाइदै हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। काममा व्यवधान हुनेछ भने आत्मसम्मानमा पनि चोट पुग्न सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभेटघाटमा अलमलिनाले आँटेको काममा बाधा पुग्नेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा अलि पछि परिनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरी औंल्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। धेरै फाइदा उठाउन नसकिएला।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिश्रम धेरै परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। टाढाको यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoश्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। सहयोगीहरू जुट्नाले दिन उत्साहवर्द्धक रहला। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्नले ठूलो परिमाणमा फाइदा दिलाउन सक्छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। आयस्रोत बढ्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraजिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभाग्योन्नतिको समय छ। आस मारेको कामले उत्साह जगाउनेछ। मेहनतले दिगो लाभ दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। विवादमा अघि नबढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल काम पनि सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। विगतको श्रमबाट मनग्य लाभ हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornहडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारा परिस्थिति आए पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ होला। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनत गर्दा बिस्तारै फाइदा हुनेछ

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्। 
(नेपाली पात्रो)

सुचना तथा मनोरञ्जनको सम्वाहक