हावाहुरीका कारण स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिडको खेल रोकियो

स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिडको खेल रोकिएको छ । आइतबार राति हुने तय भएको खेल हावाहुरीले सेल्टा डि भिगोको मैदानमा क्षति गरेपछि खेल रोकिएको हो । हावाहुरीले क्षति गरेको सेल्टाको रंगशाल खेलका लागि सुरक्षित नरहेको बताएपछि खेल पछि सारिएको हो । खेल रोकिए पनि अब कहिले हुन्छ भन्ने चाहीँ तय भएको छैन । लिग लिडर रियल मड्रिड दोस्रो स्थानको बार्सिलोना भन्दा एक अंकले अघि छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई हराएर बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा छोट्याएको हो ।
बार्सिलोनाले भन्दा रियल मड्रिडले दुई खेल कम खेलेको छ । बार्सिलोनाको २१ खेलबाट ४५ अंक छ । रियल मड्रिडको ४६ अंक छ । 

सुचना तथा मनोरञ्जनको सम्वाहक