आँखा दान गर्ने निर्णयमा अभिनेता ऋतिक रोशन

एजेन्सी– आकर्षक ज्यानका साथै सुन्दर आँखाका कारण पनि भारतीय अभिनेता ऋतिक रोशनको चर्चा हुन्छ । फिल्म ‘काबिल’मा आँखा नदेख्ने युवाको भूमिकामा देखिएका अभिनेता ऋतिक आँखा दान गर्ने निर्णयमा पुगेका छन् । उक्त भूमिकामा अभिनय गर्दा उनलाई यसको महशुस भएको बताइएको छ ।

उनले ३४ औं जन्मदिन पारेर आँखा दान गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतीय अनलाइन फस्र्टपोष्टका अनुसार उनले चिकित्कस एस नटराजनसँग आँखा दान गर्ने कबुल गरेका छन् ।

भारतमा एक करोड ५० लाख आँखा देख्न नसक्ने रहेको बताइएको छ । ऋतिक जस्ता सेलिब्रिटीले आँखादान गरे तमाम प्रशंशक अंगदानका लागि तयार हुने अपेक्षा चिकित्सकले गरेका छन् ।

सुचना तथा मनोरञ्जनको सम्वाहक