च्यारिटीबाट उठेको रकम स्वर्गिय कलाकार आर.पि. भट्टरार्इको परिवारलाई हस्तान्तरण

नायक निर्जन थापाको नेतृत्वमा भएको चलचित्र लाल्टिनको पहिलो च्यारिटीबाट उठेको रकमबाट नगद पचास हजार स्वोर्गिय कलाकार आर.पि भट्टराइ (लादालाम)को परिवारलाई प्रदान गरिएको छ। अनिल केसरी शाह लगयत समाजसेवी तथा फिल्म क्षेत्रका बरीस्ट  ब्यक्तित्वहरुको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको हो। 
भानु प्रतापको प्रस्तुती रहेको चलचित्र लाल्टिनमा दयाह्याङ राइ, प्रियङ्का कार्की,केकी अधिकारि, अर्जुन गुरुङ, जनक बर्तौला, मोहन बहादुर श्रेष्ठ, कमल आले, नबिन शाह, राज कटुवाल, निर्जन थापा लगायतका कलाकारको अभिनय रहेको छ। अनिम श्रेष्ठ र राज के सि को संयुक्त लागानीमा बनेको लाल्टिनमा सह-निर्माताका रुपमा मनोज राजभण्डारी र दिपक श्रेष्ठ रहेका छन। भानु प्रताप र किरण माइकलको लेखन रहेको चलचित्रको छायाङ्कन हरी घोले लामाले गरेका हुन। चलचित्रमा रोशन श्रेष्ठको द्वन्द रहेको छ भने कोरीयोग्राफी कबिराज गहतराज, डिकेश र भानुले गरेका छन। चलचित्रको सम्पादन अर्जुन जि सि र मिलन श्रेष्ठले गरेका हुन। डिजराज पौडेल, किरन माइकल र बिनोद ढकालले चलचित्रमा संगीत भरेका छन। चलचित्र लाल्टिनको स्वर्गिय कलाकार आर.पि भट्टराइ (लादालाम)को परिवारलाई लाल्टिन यूनिटको आर्थिक सहयोग

सुचना तथा मनोरञ्जनको सम्वाहक