नेपाल केन्दो एण्ड लैदो एशोसिएशनलाई खेलकुद सामग्री हस्तान्तरण

काठमाडौं । जापान केन्दो फेडेरेसनको सहयोगार्थ नेपाल केन्दो एण्ड लैदो एशोसिएशनलाई जापानी राजदुताबासमा केन्दोको खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।  नेपालका लागि जापानीज राजदुताबासका फस्ट सेक्रेटरी सेक्रेटरी कियोहिको हामादाले सो खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।


केन्दो खेलमा प्रयोग हुने बुगु सेट १०, सिनाल १०, डेन्डो गी ६ र हकामा ४ पिस खेलकुद सामान फस्ट सेक्रेटरी कियोहिको हामादाले नेपाली केन्दो तथा लाइदो एशोसिएशनका अध्यक्ष गणेश राइलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । 


नेपालका १५ भन्दा बढी जिल्लामा दर्ता भइसकेको यो खेलका लागि आबस्यक पर्ने खेल सामाग्री महंगो हुने भएकाले आफै खरिद गर्न नसकिने संघका अध्यक्ष राइले जानकारी दिए । कार्यक्रमको अबसरमा केन्दो खेलको डेमोस्ट्रेसन पनि देखाइएको थियो । 


सुचना तथा मनोरञ्जनको सम्वाहक