घरको ट्वाइलेटबाट २३ सर्प निस्कियो

एजेन्सी, अमेरिकका एक व्यक्ति हैरान भए जब उनले आफ्नो घरको ट्वाइलेटमा सर्प देखे । त्यती बेला उनको मुख सुक्यो सास  बन्द हो झै भयो । जब एक एक गरी उनको सामुनेमा २३ ओटा सर्प निस्किए उनको हंशले ठाँउ छाड्यो । वाशिंटन पोस्टका अनुसार यो घटना अमेरिकास्थित टेक्सास राज्यको हो ।
जनवरीको अन्त्यमा जैसन मैकफैडन नामका व्यक्ति आफ्नो काममा व्यस्त थिए । त्यही बेला उनी पत्नी कैसीले उनलाई तस्विर सहितको एक म्यासेज पठाइन् । तस्विर उनको घरको ट्वाइलेटको थियो । जुन तस्विरमा एक सर्प ट्वाइलेटमा गुजुल्टिएको थियो । उनकी पत्नि सोधिरहेकी थिइन् यो सर्पलाई के गर्ने ? सर्प सबैभन्दा पहिले उनका ४ बर्षिय छोरा आइजकले देखेका थिए ।
जैसन  बताउँछन् की उनका छोराले ट्वाइलेटमा सर्पको टाउको देखपछि उनले प्लश गर्ने कोशीस गरे । तर, सर्प विस्तारै माथि निस्कन थाल्यो अनि आइजकले आफ्नी आमालाई सुनाए । तस्विर देखेपछि जैसनले सर्पलाई मार्न भने । उनकी पत्निले त्यो सर्पलाई मार्ने कोशीस गरिन् । तर, सर्प ट्वाइलेटबाट निस्किएर भुईँमा आउन थाल्यो ।
कैसीले निकै ठूूलो प्रयास गरेर सर्पको मारिन् । त्यसबेला जैसन पनि घर पुगे । त्यसपछि सर्प पक्रने एक कम्पनीलाई सम्पर्क गरे । सर्प पक्रिनेवाला जव उनको घरमा पुगे तब पत्ता लाग्यो की ट्वाइलेटमा भएको सर्प बाहेक उनको घर वरीपरि २३ वटा डायमन्डबैक रैटलस्नेक जाताका सर्प रहेछन् । २३ मध्ये १३ वयस्क सर्प उनको घरको छिडींबाट निकालियो ।


बाँकी १० सर्पमा ५ बच्चा रहेछन् । यो परिवार अचम्ममा थियो की उनीहरुको घरमा यती धेरै सर्प कहाँबाट आए, कहिलेबाट यहाँ थिए । सर्प पक्रिनेहरुले उनीहरुलाई रैटलस्नेक लुकेर बस्ने सर्प भएको बताएपछि मात्रै उनीहरुले थाह पाए । त्यहाँ समातिएका सर्पलाई मानववस्ति भन्दा टाढा लगेर छोडिएको बताइएको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक