बुटवलमा पुगेर टेरिया मगरले गोप्य कुरा यसरि खोलिन (भिडियो सहित)

भारतीय टिभी च्यानल कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि हात पारेकी रुपन्देही रुद्रपुरकी किशोरी टेरिया फौजा मगरलाई गृह जिल्ला रुपन्देहीमा सम्मान गरिएको छ । 
टेरियाले प्रारम्भीक नृत्य प्रशिक्षण लिएकी बागेश्वरी संगितालय बुटवलमा उनलाई सम्मान गरिएको हो । टेरिया फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा संगितालयका प्रबन्ध निर्देशक सुरेश सेन्चुरिले टेरियालाई सम्मान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै उपाधी बिजेता टेरियाले आफुले आर्जन गरेको उपाधी र आयबाट घर बाहिर निस्कन नसकेकेका किशोर किशोरीहरुलाई सहयोग गर्न चाहेको बताईन् ।
उनले आफुलाई उपाधी दिलाउन भूमिका खेल्ने नेपाली मिडीया सहित सम्पूर्ण नेपालीहरुलाई धन्यबाद दिईन् । 
गत माघ ९ गते कलसै टेलिभिजनबाट प्रशारण गरिएको प्रतिस्पर्धामा एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी थिईन् ।  
कार्यक्रममा बोल्दै टेरिया फाउण्डेसनका अध्यक्ष तथा टेरियाका हजुरबुवा कृष्ण बहादुर फैजा मगरले जीतको खुसीसंगै समर्थक सबै नेपालीप्रति कृतज्ञता जनाउनुभयो । 
मगरले नै तेरियालाई तीन वर्षअघिसम्म रुद्रपुरबाट ४५ किलोमिटर टाढाबाट बुटवलमा दिनहुँ नृत्य सिकाउन ल्याएर नृत्य क्षेत्रमा लगाएका थिए । 
डान्स प्रतियोगिता विजेताहरु बीच  प्रतिश्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी शोमा सर्वा्धिक पुरस्कार राशीको हो । 
डिआइडी लिटिल मास्टर विजेता भएपछि टेरियाले नेपाली झण्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राखेकी थिइन् ।

Watch video :

सुचना तथा मनोरञ्जनको सम्वाहक