प्रेम दिवसलाई लक्षित गरि श्रेशन श्रेष्ठको नयाँ भिडियो ''तिमी नै हौ'' सार्बजनिक

फरक प्रस्तुती र प्रयोग गर्न रुचाउने गायक श्रेशन श्रेष्ठले आफ्नो नयाँ गीत " तिमी नै हौ " सार्बजनिक गरेका छन् । प्रेम दिवसलाई लक्षित गरेर उनले यो प्रेम गीत निकालेका हुन् । यो गीत श्रेशनको तेस्रो गीती संग्रह एप्रोचमा समाबेश हुने छ ।

कलेक्सन एल्बम " प्लेटफर्म " बाट आफ्नो सांगेतिक यात्रा सुरु गरेका श्रेशनले " मिरर - दि रिफ्लेक्सन अफ लाइफ " र " तिम्रो र मेरो " गरेर दुई वटा एकल गिती संग्रह निकाली सकेका छन् ।

भर्खरै सार्बजनिक गरेको गीतमा श्रेशनकै शब्द रहेको छ भने संगीत पिरु राणाको रहेको छ । भिडियो सम्पादन र निर्देशन स्वयं श्रेशनले नै गरेका छन् भने क्यामरा र सह- निर्देशनमा सुजन जोशी छन् । भिडियोमा श्रेशनका साथमा अहिलेकी चर्चित नायिका वर्षा राउतलाई देख्न सकिन्छ । इन्लाइन क्रियशन रेकर्ड्सको ब्यानरमा निस्केको भिडियोको आधिकारीक मिडिया पार्टनर रेडियो एक्सप्रेस एफ. एम. , नेपालगंज , नियोस्टफ्स डट कम र म्युजिक क्याफे डट कम हुन् ।

बि.स. २०५८ साल देखि नै गीत गाउन सुरु गरेका श्रेशन गायकका साथ् साथै गीतकार, वेब-डिजाइनर , सिनेमाटोग्राफर, भिडियो सम्पादक र भिडियो निर्देशक पनि हुन् । बि.स. २०६४ सालमा आफ्नो पहिलो कन्सर्ट नेपाल एकेडेमी हलमा दिएका श्रेशनले बि.स. २०७३ मा नेपालगंज हुदै आफ्नो यात्रा जारी राखेका छन् ।

चर्चित गायक सुगम पोखरेललाई आफ्नो मार्गदर्शी मान्ने श्रेशनको सांगेतिक यात्रा अझ सुगम र प्रगती पथ मा लम्किदै जाओस , हाम्रो तर्फ़ बाट धेरै धेरै शुभकामना ।

सुचना तथा मनोरञ्जनको सम्वाहक