टोटनह्यामले मडिल्सबर्गलाई १–० ले हरायो

टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी ९ बाट बढ्न दिएको छैन । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले मडिल्सबर्गलाई १–० ले हराएको हो । त्यसअघि भएको खेलमा आर्सनललाई हराएर चेल्सीले १२ अंकको अग्रता लिएको थियो । तर ह्यारी केनको गोलबाट जित निकाल्दै टोटनह्यामले चेल्सीसँगको दूरी ९ अंकबाट बढ्न दिएन । टोटनह्यामको जितमा ५८ औं मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो । जितपछि टोटनह्यामको २४ खेलबाट ५० अंक भएको छ । शीर्ष स्थानको चेल्सीको समान २४ खेलबाट ५९ अंक भएको छ । चेल्सीसँग हारेको आर्सनल ४७ अंकसहित तेस्रो स्थानमा छ । हल सिटीसँग हारेको लिभरपुल ४६ अंकसहित चौथो स्थानमा छ । 

सुचना तथा मनोरञ्जनको सम्वाहक