उदयपुर गोल्डकप : संकटाले धरान फुटबल क्लबलाई ३–१ गोल अन्तरले हरायो

गाईघाटमा बिहीबारदेखि सुरु भएको उदयपुर गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा संकटा क्लबले विजयी सुरुवात गरेको छ ।  
संकटाले धरान फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २३ औं मिनेटमा संकटाका सौजन राईले पहिलो गोल गरेका थिए । खेलको अन्तिम समयमा संकटाका राज पौडेलले लगालग २ गाेल थपेर टिमलाई ३–१ को जित दिलाए । उनी म्यान अफ द म्याच पनि भए ।
६८ औँ मिनेटमा धरानका प्रकाश बुढाथोकीले एक गोल गरे । शुक्रबार हिमालय शेर्पा क्लब काठमाडौं र घरेलु टिम उदयपुर ११ बिच खेल हुनेछ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक