उदयपुरमा स्थानिय निकाय ट्रेड यूनियनले सबै कामकाज ठप्प

फाल्गुन- २,उदयपुर / कटारी नगरपालिकाका स्थानीय निकायका कर्मचारीले सोमबार कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अधि सार्दै अब बन्ने ऐन नियम, कार्यबिधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै स्थानीय निकायका कामकाज ठप्प पारी कार्यालय अगाडि धर्नामा बसेका छन् ।
कर्मचारी कामकाज ठप्प पारी धर्नामा बसेपछि स्थानीय निकायको कामकाज ठप्प भएको छ । दीर्धकालीन रुपमा करार र अस्थायी रुपमा कार्यरत ६ हजार भन्दा बढी कर्मचारीको समायोजनको मागअघि सार्दै आन्दोलनमा उत्रिएको स्थानीय तह कर्मचारी संघ नेपाल  प्रदेश नं. १ का सदस्य ओम बहादुर मिश्रले बताउनु भयो ।
वर्तमान सङ्क्रमणकालीन व्यवस्थाका रुपमा स्थानीय तहमा सेवा प्रवाहका लागि सरकारले आवश्यक व्यवस्था गर्नसक्ने र यस्तो व्यवस्था गर्दा कानुन बमोजिम राष्ट्रसेवक कर्मचारी स्थानीय तथा प्रदेशिक तहमा समायोजन गर्नसक्ने व्यवस्था समेत  मिश्रले बताउनुभयो । चरणवद्ध आन्दोलन गर्दे आएको स्थानीयका कर्मचारीले आज कामकाज ठप्प पारी कार्यकारी अधिकृत लाई प्रबेश निषेध गरिएको पनि कटारीनगरपालिका इकाई अघ्यक्ष पनि रहेका ओम बहादुर मिश्र ले बताय । माघ २३ गतेदेखि स्थानीय निकायका कर्मचारी आन्दोलनमा रहेका छन् ।
यसैगरी जिल्ला विकास समितिको कार्यालय उदयपुर, त्रियुगा नगरपालिका, वेल्टार बसाहा नगरपालिका लगायत गा.वि.स.का कर्मचारीहरु आन्दोलनमा उत्रिका छन् । साथै सरकारले माग पुरा नगरे अझ सशक्त आन्दोलमा उत्रिले स्थानिय निकाय ट्रेड युनियन सयुत्त समितिले जनाएको छ । 


स्थानीय विकास अधिकारी,प्रमुख जिल्ला इन्जिनयर,कार्यकारी अधिकृत लगायत निजामती कर्मचारीहरु र गा.वि.स. सचिवहरुलाई कार्यलयमा प्रवेश निषेध गर्ने र प्रयोग गर्दे आएको सवारी साधन चल्न नदिई कार्यलयमा राख्ने आन्दोलनको कार्यक्रम रहेको छ । मागहरु पुरा नगरे अझ सशक्त रुपमा आन्दोलनलाई अगाडी बढाउने पनि  निकाय ट्रेड युनियन सयुत्त समितिले जनाएको छ । आंदोलनले सम्पूर्ण सरकारी कार्यलयको कामकाज ठप्प जस्तै भयको छ कटारी नगरपालिका बन्द हुँदा कटारीको मालपोत कार्यलय, नापी कार्यालय,इलाका प्रशासन कार्यालय सबै भन्दा बढ़ी प्रभाबित भयको छ। कर्मचारीको आंदोलनले सेवा ग्राहीहरु मारमा परेको राज्यले तत्काल बार्ता गरी समस्या समाधान गर्नु पर्ने कटारी इलाका प्रशासन प्रमुख सुनील पौडेलले बताए।टाढा देखि आउने सेवा ग्राही लाई कर्मचारीको आंदोलन थाहा नहुँदा मर्का परेको पौडेल बताए।

सुचना तथा मनोरञ्जनको सम्वाहक