अगुवा कार्यकर्ता भेला सम्पन्न

नेकपा माओवादी केन्द्र १० नम्वर ईलाका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । ईलाका नं. १० नम्वर ईन्चार्ज मणी राज दाहालको अध्यक्षतामा र ईलाका संयोजक कमल श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रममा जिल्ला ईन्चाज एमव् पुर्व सभासद् मोहन खत्रीको विशेष उपस्थितीमा उत्त कार्यक्रम भएको थियो । जनयुद्ध जनआन्दोलन आदिवासी जनजाती मधेशी लगायतको आन्दोलनमा साहदत प्राप्त गर्नुभएका महान सहिदहरु प्रति श्रद्धाञ्जली गर्दे सुरु भएको भेलाले केदार कोईरालको संयोजकत्वमा ४५ सदस्य कटारी नगर सम्मेलन आयोजक समिति गठन गरेको छ । १५ सदस्य कार्यालय गठन गर्दे गाउँ पार्टी ईन्चार्ज, सयोजक, सल्लाहकार परिषद् , जिल्ला कमीटी सदस्यहरु रहने गरी ईलाका समन्वय समिति समेत गठन गरेको छ । 
    जनवर्गिय संगठन तथा जातीय मोर्चाहरुको नगर सम्मेलन आयोजक समिति समेत गठन गरेको छ । पार्टी सदस्यता नविकरण गर्ने,जनताको काम सहजीकरण गर्ने त्यसको लागी प्रत्येक कार्यालयमा प्रतिनिधि समेत तय गरी पठाउने निर्णय समेत गरेको छ । 
    सहिद वेपत्त परिवार तथा जनयुद्धका घाईते योद्धा राज्यद्धारा विस्थापित,याताना पिडीत,राजनीतिक बन्दीहरुलाई सम्मान गर्ने जस्ता निर्णय लिएको जिल्ला पार्टी ईन्चार्ज मोहन बहादुर खत्रीले बताउनुभयो । 
    नवगठिन सम्मेलन आयोजक समितिलाई केपी बराल,भिम बहादुर अधिकारी,जिवन कार्की,कुमार सिंह राई,वैकुण्ठ दाहाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।  
    पार्टीलाई चौतफी हमला भईरहेको बेला पार्टीको विरुद्धमा छरेका भ्रमहरु चिर्दै जानुपर्ने जिल्ला ईन्चार्ज खत्रीहरुले बताउनुभयो । वहाँले गणतन्त्र,धर्मनिरपेक्षता,समावेसी समानुपातीक,महिला दलित,उत्पीडित वर्ग समुदायको हक अधिकार माओवादीले गर्दे आएको कुरा आम जनता माझ लिएर जान कार्यकर्तालाई निर्देशन गरेका थिए । माओवादीले गरेको कामको प्रचारप्रसार गर्न नसकेको कारण कामको जस पनि काग्रेस एमालेले लिने गरेको पनि बताउनुभयो ।

Source : ekhabarpatrika

सुचना तथा मनोरञ्जनको सम्वाहक