उदयपुर गोल्डकप : संकटा क्लबलाई २–१ ले हराउँदै मोरङ ११ फाइनलमा

मोरङ ११ उदयपुर गोल्डकप फुटवलको फाइनलमा पुगेको छ । गाइघाटको थरुहट रंगशालामा सोमबार भएको खेलमा ए डिभिजनको संकटा क्लबलाई २–१ ले हराउँदै मोरङ ११ फाइनलमा पुगेको हो ।  
पराजित संकटाले दुई दिनअघि मात्र आठौं सिमरा गोल्डकपको उपाधि उचालेको थियो । खेलको ६९ औं मिनेटमा मोरङका भुवन बस्नेतले पहिलो गोल गरेका थिए । ७३ औं मिनेटमा मोरङकै तर्फबाट मिक्चन तामाङले एक गोल थपे । ८३ औं मिनेटमा संकटाका सजिन थापाले एक गोल फर्काएका थिए । मोरङका भुवन बस्नेत म्यान अफ दि म्याच घोषित भए । आज दोस्रो सेमिफाइनल खेल रुपन्देही ११ र हिमालयन शेर्पा क्लबबिच हुने छ । 

सुचना तथा मनोरञ्जनको सम्वाहक