प्रेम दिवस को यथार्थ यस्तो छ (फोटो /भिडियो सहित)

भनिन्छ प्रेमले पापीलाई पनि सुधार्छ । प्रेमले मानिसको जीवनलाई सरल र थप रोमन्चक बनाउंछ । प्रेमले शत्रु पनि मित्र बन्छ । प्रेम सबैमा हुन्छ जुन बनावटी नभई अन्तर्हृदयबाट प्रस्फुटित हुन्छ । हुन त मनमा अर्कै कुरा खेलाएर बाहिर बाहिर भने प्रेमको जात हुदैन, कुनै मापदण्ड हुदैन जस्ता आदर्शका कुरा गर्नेहरुले पनि प्रेमको उपहास गरेका देखिन्छ वैंशमा उन्मुक्त भएर नाटकीय र वनावटी प्रेममा फस्ने र फसाउने साजाल पनि वर्तमान युगमा बाक्लै छ भन्दा फरक नपर्ला ।

कलिलो उमेरका किशोर किशोरीहरुपनि प्रेमको नाममा अग्रजहरुको सिको गरि जान्दै नजानी र आफू अपरिपक्व हुंदा पनि फसेका देखिन्छन् । यसरी कहि कतै प्रेमको दुरुपयोग भएको पनि देखिन्छ । यी सबै सामाजिक विसंगति हुन् । यस्ता विसङ्गतिहरुले सच्चा र आनन्दित प्रेम पनि खल्लो महसुस हुन जान्छ ।रमाईलो प्रेम पनि नरमाईलोमा परिण्ँत हुन्छ ।

बिभिन्न ठाउँमा बिभिन्न तरिकाले यो दिवस आज मनाईदैछ । आजका दिन ति युवा –युवतीहरु जो कोही एक अर्कासंग प्रेम बन्धनमा बाधिएका छन्, उनिहरु आज एक अर्कालाई रातो गुलाव अथवा सस्तो महगों उपहार ( गिफ्ट) दिएर मन भावलाई प्रस्फुटित गरि रहेका छन् । आजका दिन ति युवा अथवा युवती पनि उत्साहित देखिरहेका छन् । जो कि आफ्नो मनमा कुनै युवतीले कुनै कुनै युवालाई बसाएको हुन्छिन अथवा बसाउन चाहन्छिन वा कुनै युवाले आफ्नो मनको मन्दिरमा कुनै मन परेकी युवतीलाई बसाएको हुन्छ बा बसाउन चाहन्छ ।
प्रेम दिवस अर्थात प्रणय दिवस- हरेक बर्ष फेब्रुअरी १४ मा विश्वभर मनाइने दिवस हो ।यो दिवसलाई अंग्रेजीमा भ्यालेन्टाइन डे पनि भनिन्छ । इटलीका तत्कालीन सम्राट क्लाउडियस द्वितीयले युवाहरु प्रेम र विवाहतिर लाग्नु धर्म विरुद्घ हुने र राज्यको सैनिक सेवा प्रभावित हुने ठहर गरी प्रेम र यस्ता सम्बन्धहरुलाई प्रतिबन्ध लगाए । तर सोही राज्यका एक पादरी सेन्ट भ्यालेन्टाइनले भने त्यसमा बिरोध जनाए । भ्यालेन्टाइनले सम्राट क्लाउडियसको निर्णयको बिरोध गर्दै अनुसशासनको दायराभित्र प्रेम हुने भएकाले यसमा इश्वरको समेत बास हुने तर्क अघि सारे । उनले सम्राटको कदमको अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गरे ।युवायुवतीका जोडीको सामूहिक विवाह आयोजना गरे । पछि सम्राट क्लाउडियसले राज्य प्रमुखको आदेश उल्लंघन गरेको आरोपमा सेन्ट भ्यालेन्टाइनलाई ईशा पूर्व २७० को फेब्रुअरी १४ का दिन मृत्यूदण्ड दिए । मृत्यूदण्डपूर्व भ्यालेन्टाइनले त्यहाँका जेलरकी छोरीलाई प्रेम सन्देश समेत पठाएका थिए भन्ने भनाई रहेको छ । त्यहि भएर पादरी सेन्ट भ्यालेन्टाइनको प्रेम वलिदानको कथासंग जोडिएको यसै दिनको स्मरणमा भ्यालेन्टाइन दिवस मनाउन थालिएको हो । यसै दिनलाई विभिन्न मूलुकमा प्रेम दिवस, पवित्र दिवस, प्रणय दिवस जस्ता विभिन्न नामले मनाउने चलन छ ।

२०औं सताव्दीपछि त विश्वभरि नै यस दिनलाई एउटा उत्सवकै रूपमा मनाउन थालिएको छ ।समाजमा भने प्रेमको सन्दर्भलाई त्यति सहजै स्विकार गरेको पाइदैन । अहिले पनि माया प्रेम गर्नु भनेको सामाजिक मुल्य मान्यताको विरुद्घ जानु हो भन्ने बुझाई रहेको छ ।

प्रेमलाई उच्छृङ्खलताको पर्यायका रुपमा लिने गरिन्छ । विवाहपूर्व अपरिचित कुनै पनि महिला र पुरुषबीचको सामान्य बोलचाल समेत स्विकारिएको हुँदैन । प्रेम गर्नुलाई त एक प्रकारले सामाजिक अपराध नै मानिन्छ । यद्यपि प्रेम दर्शाउनका लागि केहि रिति तथा परम्पराहरु पनि रहेको पाइन्छ । आजको दिनलाई एक प्रेमीको प्रेमको बलिदानको स्मरण गर्दै यो प्रेम दिवस आफ्नो –आफ्नो तरिकाले मनाईरहेका छन् । सालमा एक पटक आउँने १४ फेवब्ररी अर्थात यो प्रेम दिवसलाई प्रेमी-प्रेमिकाले धैर्यले प्रतिक्षा गरिरहेका हुन्छन् । सबैको मुखबाट आज ह्यायप्पी भ्यालाईन्टईन डे शव्द मधुर स्वरमा गुन्जिरहेका हुन्छ ।
Watch Video


प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे को यो अवसर मा रहेर,मोफसलको राजधानी बुटवलमा धेरै सम्भावना हरु मध्यको अर्को महत्व पूर्ण पक्ष गीत संगीत पनि हो। र त्यहि गीत संगीतमा लाग्ने गायक गायीकहरु मात्रै नभएर अभिनयको माध्यम बाट अघी बडन चाहनेहरुको लागि पनि बुटवलमै बसी बसि राम्रो अबसर प्राप्त गरेको कुरा लाई तपाई हामि नकार्न पनि सकिदैन। पहिले पहिले जस्तै म्युजिक भिडियो हरु निर्माण गर्नको लागि काठमाडौंनै धाउनु पर्छ भन्ने मान्यता पछील्लो समयमा बिस्तारै हराउदै गएको छ।कलाकारहरुको साथ र सहयोग को कुरा हो भने अर्को पक्ष यो पनि हो कलाकारको सिर्जना महत्वका साथ स्थान दिएर प्रमोट गर्नु अर्को महत्व पूर्ण पक्ष रहेको छ ।

बिगत लामो समय देखी बुटवलमा रहेर उत्कृष्ट म्युजिक भिडियो निर्माण गर्दै आएको अबिरल फिल्मस प्रा ली र मनोरन्जन समाचार हरुलाई प्राथमिकता दिदै आएको मुभि क्लब नेपाल डट कमले संयुक्त रुपमा स्थानीय कलाकारहरुलाई प्रमोट गर्नु पर्छ भन्ने उदेश्यका साथ बुटवलमा नियमित फोटोशुट र ती कलाकार हरु को प्रोफाइल तयार गर्नेअभियानको थालनि गरेको छ । प्रेम दिवसको अबसर पारेर सुरुवातमै बुटवलमा कृयाशिल चार जना कलाकारको फोटोशूट गरेको छ। यो फोटोशुटले मोफसलमा भएका कलाकारको लागि निकै ठुलो अबसर दिएको कलाकारको भनाइ रहेको छ।मुभि क्लब नेपाल डट कमको लागि अबिरल फिल्मसले तयार गरेको फोटोशुट मा बुटवलकै चर्चित मोडल राजु महोत्रा , नबिन मरासिनी, प्रमिला कार्की, मिरा महोत्रा लगायतले सहभागीता जनाएका थिए। बुटवलको शिद्धबाबा आसपासमा शुट गरिएको थियो।

बिष्णु भट्टराईकोले पोज स्टाईल दिएका छन भने रामचन्द्र भट्टराईको फोटोग्राफर तथा सगुन शर्माको मेकअपरहेको थियो । कलाकारको फोटोशूट थालनी सगै यो कार्यलाई नियमित लैजाने मुभि क्लब नेपाल डट कमका संचालक राजिव भुसालको भनाइ छ।

,

सुचना तथा मनोरञ्जनको सम्वाहक