भ्यालेनटाइनलाई लक्षित गर्दै पोखरामा भव्य कार्यक्रम हुँदै, राजेशपायल राई लगायतका कलाकारले धुम मच्याउने

‘भ्यालेनटाइन–डे’ अर्थात् १४ फ्रेबुअरी नजिकिँदै गर्दा यहाँ विभिन्न प्रेमिल कार्यक्रमहरुको तालिका सार्वजनिक हुन थालेका छन् । संसारका युवा जमातमाझ प्रेम दिवशका रुपमा चर्चित ‘भ्यालेनटाइन–डे’लाई पेमी वा पेमिकाका लागि अझ थप प्रेमिल बनाउनकै लागि यस्ता कार्यक्रमहरु तय भइरहेका छन् । 
यस्तै, एमएमएस इन्टरटेनमेन्टले पनि यस वर्षको भ्यालेनटाइनलाई लक्षित गर्दै पोखरामा एक भव्य कार्यक्रम गर्दैछ । ९ फ्रेबुअरीमा ‘भ्यालेनटाइन स्पेशल’ नाममा हुने उक्त प्रेमिल साँझमा नेपाली गायन क्षेत्रका भर्सटायल गायक राजेशपायल राईदेखि पछिल्लो समयका चर्चित कलाकारसम्म सहभागी हुँदैछन् । 
सहभागी गायक÷गायिका तथा कलाकारले त उक्त साँझलाई प्रेमिल बनाउनेछन् नै, सोही कार्यक्रममा ‘१४ फ्रेबुअरी’ नामक एक फिल्मसमेत प्रिमियर गरिँदैछ । गीतकार तथा मोडल दर्पण राई निर्देशित उक्त साइलेन्स फिल्ममा दर्पण र सम्झना राईको अभिनयले युवालाई जोडीलाई मात्र नभएर उपस्थित सबैलाई प्रेम भावनामा डुबुल्की गराउनेछ ।
गीतकार समेत रहेका निर्देशक दर्पणले ‘१४ फ्रेबुअरी’ ले सुन्दर नगरी पोखराका जोडीलाई प्रेममय बनाउने विश्वास गरेका छन् । ‘भ्यालेनटाइन–डे’को केही दिनअगाडि प्रिमियर गर्न लागिएको ‘१४ फ्रेबुअरी’ दर्पणकै कथा तथा पटकथामा एमएमस इन्टरटेनमेन्टले निर्माण गरेका हो । यस फिल्मको  निर्माता भने क्रिस्टल हुन् । क्रिस्टल को हुन् ? भन्नेचाहिँ फिल्म रिलिजपछि सार्वजनिक गरिने निर्देशक दर्पणले बताए ।
डम्बर  राईको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको यस फिल्ममा ध्वनी विनय केटुको रहेको छ । फिल्ममा भावनात्मक तथा मर्मस्पर्शी प्रेमकथा उनिएको दावी दर्पणले गरेका छन् । 
उक्त प्रेमिल साँझमा राजेशपायलसँगै संगीतकार तथा गायक महेन्द्र राई, सुसन कँडेल,, गायिका दीपा तामाङ, भीषण राई, विनय केटु, नृत्यांगना पे्ररणा तामाङ, मोडल तथा अभिनेत्री सम्झना राईलगायतले प्रस्तुती दिँदैछन् ।

सुचना तथा मनोरञ्जनको सम्वाहक