दुबईमा यम बुद्धको सम्झनामा कार्यक्रम हुने

हिप हप अथवा नेपाली र्याप ब्याटलका हस्ती स्व.यम बुद्ध (अनिल अधिकारी) को सम्झना गर्दै रोयल इभेन्टसको आयोजनामा  "YAMA BUDDHA TRIBUTE NIGHT" हुने भएको छ | यू ए ई  को दुबई स्थित लस भेगास नाइट क्लब , चेल्सी प्लाजामा १६ फेब्रुअरी, मंगलबारका दिन हुने उक्त कार्यक्रममा विभिन्न ब्याण्डहरुको प्रस्तुति समेत रहने छ |
लाखौ युवाको मन जित्न सफल स्व.यम बुद्धको मृत्यु पछि पहिलो पटक यू ए ई को दुबईमा हुन लागेको “YAMA BUDDHA TRIBUTE NIGHT”  परदेशमा रहने नेपालीहरुले देखाएको एउटा सांगीतिक माया र नेपाली कलाकार प्रतिको सम्मान पनि हो |
 कार्यक्रममा अलिन्-अकोइस्टिक प्रस्तुती, महकाल, सुमन सिवाकोटी-एस क्युब, र्यापी सुधिर-९७७, र्यापेस्टर सुजन लगाएतको बेजोड प्रस्तुति रहने छ भने डिजे राजेक्स र फरेले नचाउने छन | नेपाली चेलीलाई निसुल्क प्रवेश गरिने उक्त कार्यक्रममा अरुको लागि  ४० AED  मात्र टिकेट राखिएको छ |

सुचना तथा मनोरञ्जनको सम्वाहक