योग गरेको फोटो सामाजिक संजालमा भाइरल भएपछी (फोटो फिचर)

एजेन्सी, शरीरलाई फिट राख्न हामी योगको सहारा लिने गर्दछौ । तर अमेरिकाकि चैरिटी लेब्लान्क नामकी एक महिला अनाठो अन्दाजले योग गर्ने कारण चर्चामा छिन् । उनको योग आसन देख्दा सबै मानिस अचम्ममा पर्ने गर्दछन । चैरिटी प्राय योग गर्दा सधै आफ्ना साना नानीहरुसंग योग गर्ने गर्दछिन ।

योग गर्ने समय शरीरको ब्यालेन्स बनाई राख्न्नका लागि आफ्ना साना नानीहरुको प्रयोग गर्ने गर्दछिन ।  कठिन भन्दा कठिन योगको आसनपनि बच्चालाई आफ्नो शरीरमा राखेर गर्ने गर्दछिन । चैरिटी भन्छिन यस्ता योग आसनले आफुलाई फिट राख्नुका साथै छोरा-छोरीलाई समेत सिखाउछु जसले गर्दा आफ्ना सन्तान भबिस्यमा आफ्नो स्वास्थ्य रहन योग गरुन ।


चैरिटी आफुले गरेको योगआसनका फोटो सोसल साइड इंस्टाग्राम पोस्ट गर्ने गर्दछिन् । उनले पोस्ट गरेका फोटो अहिले सामाजिक संजालमा समेत भाइरल भएका छन् ।


सुचना तथा मनोरञ्जनको सम्वाहक