संगित बर्तमानमा कसैको रहर बनेको छ त कसैको भविष्य । संगितमा आफ्नो भविष्य खोज्नेहरु खासै भेटिदैनन् भन्दा फरक नपर्ला । विशेष गरेर संगितमा भर्खर भर्खर बामे सर्नेहरु यसलाई यसलाई आफ्नो भविष्य भन्दा नि रहर पुरा गर्ने थलोमो रुपमा प्रयोग गरिरहेका छन् ।
वर्तमानमा एकजना यस्तै नवगायक हरिश वि.क. संगितमै आफ्नो भविष्य बनाउछु भन्दै आफ्नो पहिलो गीत दर्शक श्रोतामाझ आएका छन् । ‘मेरा लागि सबै त्याग भन्ने सोच होईन’ बोलको गीतको साथमा उनी नेपाली संगितमा प्रवेश गरेका हुन् । गीतमा शब्द तथा संगित राजेन्द्र भट्टको रहेको छ ।
सानैदेखि संगितमा निकै रुचि राख्ने गायक हरिशको उक्त गीतको भिडीयो समेत छायांकन भईसकेको छ । रोशन कुमारले निर्देशन गरेको उक्त गीतको भिडीयोमा दुर्गेश थापा, राजेन्द्र भट्ट र अन्जिलाको अभिनय रहेको छ । सुरज क्षेत्रीको छायांकन रहेको उक्त भिडीयोलाई सम्पादन भने क्रान्ति के.सी.ले गरेका हुन् ।
सुदुरपश्चिम विकास क्षेत्रको महाकालीपारी चाँदनी दोधारा स्थायी घर भएका गायक हरिश वि.क.को यो पहिलो कोसेलीले नेपाली संगितमा उनको भविष्य उज्ववल बनाउछ या बनाउदैन त्यो भने हेर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here