मान्छेको चाहना र इच्छ्याको कुरा गर्ने हो भने स्वयं परमात्मालाइ नै थाहाछैन,कि त्यो लोकबाट उनले कस्ता कस्ता इछ्याधारीहरुलाइ संसारमा जन्मदिने अनुमति दिएका छन्। हलिउड,बलिउड,ललिउड र कलिउडमा  त्यस्ता घटना ठुलो मान्नुपर्ने र आस्चर्य मानुपर्ने बिषय खासैछैन । पछिल्लो परिवेशहेर्दा नेपालको कुरागर्ने हो भने दिनानुदिन नया-नया अनुहारहरु बोल्ड फोटोशुटले सजिञ्छन।  यो मानीमा महिला बढी अगाडी रहेका छन् । नेपालका त्यस्ता नामहरुमा बोल्ड फोटो खिचेर रातारात ग्ल्यामर फिल्डमा आउने मध्यमा अर्चना पनेरु, तिर्सना बुढाथोकी र शालु गौतम पछिल्लो उदाहरण हुन् । त्यहि  भिडमा बुटवललाइ कर्मथलो बनाइ मोडलिङमा पाइला अगाडी बढाइरहेकी  मोडल हुन् “अंशु भुसाल” ।

कपिलबस्तु गोरुसिंगे घर भै हाल बुटवलमा बस्दै, पढ्दै आएकी अंशुले पछिल्लो समय गरेको फोटोशुटले पुन एकपटक दर्शकको सामाजीक संजाल तातेको छ।  हालसम्म ३ वटा भिडियो गीत र अन्य आधादर्जन भिडियो खेलिसकेकी अंशुलाइ ग्ल्यामर फिल्डमा आफ्नो नाम चम्काउने ठुलो इच्छा छ।  आफुलाई हटफोटो खिच्ने रहर सानैदेखि भएकोले आहिले आएर ति चाहनाहरु क्रमिकसंग पुरा गर्दैछु उनले भनिन ।  आफुलाई सेक्सी र हटको नामले दर्शकले चिनुन भन्ने उनको चाहाना छ ।  “तर नेपालको परिप्रेक्ष्यमा यसलाई नराम्रो सोचिंछ तर म पोजिटिभ सोचाइभित्र रहन चाहन्छु” ।

हुनत नेपालमा यस्ता फोटोशुट कत्ति छन्, तर आफुलाई फरक खालको एक्स्पोज गर्नचाहने उनि दर्शकोको चाहना र इच्छा अनुसारको समाजमा पच्ने खालको दृश्य दिनसक्ने उनले बताइन । आफुलाई वृत्तचित्र  , शर्टफिल्महरुको अफर आइरहेको छ। जसको सामजिक चेतना राम्रो दिनेखालको फिल्म खेल्न आफु तयार रहेको उनले बताइन ।

५ फिट ३ इन्च उचाइ कि गोरोबर्ण, जिरोफिगर भएकी अंशुको सरिरको अंगमध्ये उनलाई सबैभन्दा मनपर्ने अंग भनेको उनको कम्मर र आँखा हो । “मेरो कम्मरको लच्काइ र बेलीडान्समा जो कोहि पनि मन्त्रमुघ्ध हुन्छ “ उनि मुस्कुराउदै भन्छिन।  केहिसमय बुटवलस्थित गोधुली दोहोरि साँझमा डान्सगर्ने, गीतगाउने गर्दै आएकी उनि हेर्दा आकर्षक पनि छिन। घरपरिवारमा समाजको डरले गर्दा यो कामको लागि रिझाउन नसके पनि अवस्य  एकदिन यहि फिल्डबाट उनले नेपालमा नाम चम्काउने र समाजको आँखा खुलाउन र यो फिल्डलाइ बदनामीबाट जोगाउन आफु निरन्तर लाग्ने बताएकी छिन । “तर हालसम्मको सबैकाममा घरपरिवारको अनुमति बिना मैले केहि नि गरेको छैन” भन्छिन उनि ।

सेक्सको बारेमा सोध्दा उनि यो पर्सनल र आत्मा सन्तुस्टिको कुरा हो । गास,बास,कपासपछिको मान्छेको आवस्यकता हो, तर म त्यो मामलामा अलिक टाढा छु भन्दै उनि यो फिल्डमा यस्तै कुराले बदनामी भएका हुन् मोडलहरु । ग्ल्यामर फिल्डमा सेक्सबिनाको फिल्ड  पनि हुन्छ,  मेरो ध्यान सेक्सभन्दा परको ग्ल्यामर हो जसले हामीलाई एक्स्पोज मात्र गराउछ पोजिटिभ रुपमा, यो बारेमा नेगेटिभ सोच राख्नेहरुनै समाज सढाउने किराहरु हुन्  । आफुले यस्तो खालको फोटोहरु चर्चामा आउनलाइ नखिचेको उनको भनाइ छ । देखाउनको लागि भएत सबैकुरा देखाउथे नि यती मात्रैकिन ? उनले हास्दै भनेकी छिन ।

आफुलाई नृत्य,गायन र एक्टिंगमा पोख्त अंशुले अझ सिक्न त धेरै छ तर अहिलेसम्मलाई पुगेकै छ भन्छिन। दोहोरिसाँझबाट शुरु भएको यात्राको लक्ष्य अझै बाकि रहेको हुदा आफ्नो लक्ष्य पर्फेक्ट हिरोइन  हुदासम्म यो फिल्डमा लागिरहने उनको भनाइ छ  । आफुलाई जस्तो भूमिकामा अब्बल देखाउन उनि माहिर रहेको बताएकी छिन ।हाल बुटवलकै एक कलेजमा ब्याचलर दोश्रो  बर्षमा अध्यनरत अंशु आफ्नो कलाकारिताको तारिफ अरुको मुखबाट सुन्न चाहन्छिन । आफुलाई बेलीडान्सरको रुपमा चिनाउन चाहने उनले एउटा हिरोइन भित्र यी  सबैकुराको ज्ञान हुनु जरुरि छ। आफुलाई अरु मोडल र हिरोइनहरुको नाम संग गासेर भनेको मननपराउने अंशु आफ्नै नाम र फरक पहिचानबाट चिनिन चाहन्छिन।

यो फोटोशुटपछि आफुलाई धेरै नै सेक्सको अफरहरु आइरहेकोमा यस्तो कुराप्रति आफ्नो कुनै इन्ट्रेस्ट नभएको र त्यो अफर गर्नेबेला आफ्नो नभएको बताएकी छिन। हरेक कलाकारहरु कलाकारको इज्जत दिन सक्नुपर्छ ताकि यो क्षेत्र बदनाम नहोस भन्छिन उनि। मनमिले सेक्स भन्नेकुरा ठुलो नरहेको दाबी गरेकी छिन। भविष्यमा आफुलाई एउटा स्टारको रुपमा हेर्नपाउने दर्शकहरुको मायाले त्यो ठाउसम्म पुर्याउनेमा आफु ढुक्क रहेको उनले बताएकी छिन ।”आफ्नो मनले जे गर्न भन्छ,त्यो गर्नुपर्छ” भन्ने अंशु, आगामी दिनमा अझ शसक्त भएर कलाकारितातर्फ लाग्ने सोचमा छिन

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here