यतिखेर बजारमा ढाका फेसनले बजार लिएको छ । पाटीदेखि हरेक सार्वजनिक कार्यक्रममा सेलिब्रेटी ढाका पहिरनमा देखिन थालेका छन् । यसरी ढाका पहिरन बजारमा चर्चामा आउनमा तेह्रथुमे ढाका बुटिक मिलन चोक ललितपुरको पनि ठूलो श्रेय छ । यो साता पनि यो बुटिकले नेपाली नयाँ वर्षकाअवसर पारेर तेह्रथुमे ढाका बुटिकले फोटोशुट गरेको छ । ‘यो फोटोसुट यस वर्षका लागि हो’ फोटोशुटपछि तेह्रथुमे ढाका बुटिककी सञ्चालन तथा डिजाइनर निरु आङबुङले भनिन् ।
निरु र तेह्रथुमे ढाका बुटिकै अर्की डिजाइनर संगीता लिंखा लिम्बूले तयार गरेको पहिरनमा मोडल विपना थापा, सिर्जना राई, गायक रुकमान लिम्बू, गौरा राई लगायतको फोटोशुट गरिएको हो । तेह्रथुमे ढाका बुटिक ढाकाबाट बनेका हरेक किसिमका पहिरन पाइने निरुले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here