छोटो समयमा नै ग्राहकहरुको मन जित्न सफल नेपालको पहिलो अन्तराष्ट्रिय भिडियो अन डिमान्ड सर्भिस आईफ्लिक्सलेआफ्नो फ्रि भर्जन iflix 2.5 पनि सुचारु गरेको छ ।५ लाख भन्दा बढि एप डाउनलोड भएपनि हाल २ लाखभन्दा बढि सक्रिय नेपाली प्रयोगकर्ता रहेको आईफ्लिक्सले पछिल्लो अबधिमा बलिउड, हलिउड र कोरियन फ्लिम तथा टिभीशोहरुको ठुलो लाईबेरी खरिद गरेको छ ।

हाल सम्म एनसेल प्रयोगकर्ताहरुले मात्र असिमित पहुँच पाइरएकोमा अबदेखि एनसेलसाथै अन्यनेटवर्कका प्रयोगकर्ताले समेत फ्रि भर्जनमार्फत सित्तैमा आईफ्लिक्स हेर्न सक्नेछन ।हालसम्म प्रत्येक महिना रु १०० भन्दा बढि मोबाईल रिचार्ज गर्ने एनसेल ग्राहकहरुलाई निशुल्क भिआपिएक्सेस दिएको जानकारी आईफ्लिक्सकी कन्ट्री म्यानेजर भावना घिमिरेले बताईन ।साथै अगामी दिनमा आईफ्लिक्सबाट एक्सक्लुसिभ नेपाली सामग्री साथै टेलिभिजनहरुसमेत हेर्न सक्ने योजना कम्पनीको रहेकोछ ।

आईफ्लिक्स बेवसाईट, मोबाईलएप र टेलिभिजनमार्फत का्रेमकास्ट गरेर हेर्न मिल्ने सुविधा हो जँहाबाट आफुलाई मनपरेको कुनै सिरियल वा फ्लिमहरु नेपाली सबटाईटलमै हेर्न मिल्दछ ।हाल आएर नेर्टफ्लिक्सको प्रिमियमर युटुबकोको फ्रिफिचरहरुको समिश्रण गर्दै आईफ्लिक्स हाईब्रिडभिओडिसर्भिसको रुपमा अघि बढेको छ ।

आईफ्लिक्स चलाउन डाउनलोड गर्ने स्मार्टलिंकको लागि यँहा क्लिक गर्नुहोस 

http://onelink.to/jtcdfu

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here