बर्दीया जिल्ला राजापुर न.पा. वडा नं ४ चैनपुर गाउमा बुवा झुपा चन्द र आमा लिला चन्दको कोखबाट जन्मिएका अहिलेका ब्यस्त आधुनिक गायक एबम् संगीतकार हुन् सुरेन चन्द । उनले धेरै भन्दा धेरै गीतमा स्वर र संगीत दिएका छन् । उनी बि.सं. २०६० सालमा रेडियो नेपालबाट देशब्यापी लोक गीत प्रतियोगीतामा सान्त्वना पुरस्कार पाएर यस क्षेत्रमा प्रबेश गरेका हुन् । उनले ५ दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् । उनको पहिलो गीत पहिलो नजरमा भेट हाम्रो भएको राजापुरैमा लोक गीत रहेको थियो । जसमा महेन्द्र सेडाईको शब्द, उनी स्वयम आफैको संगीत र स्वर रहेको थियो । उनको संगीतमा चर्चित गायक गायिकाहरुले पनि स्वर दिएका छन् । उनै गायक एबम् संगीतकार सुरेन चन्द संग हाम्रा सम्पादक प्रकाश बराईली “अभिब्यक्ती” ले गरेको कुराकानी जस्ताको त्यस्तै :

१, तपाईको सांगीतीक यात्राको करिएर कसरी सुरुवात भयो ?
मेरो सांगीतीक क्षेत्रको करिएर पहिला स्कुले जिवनमा भाग लिने गर्थे । पछि बि.सं.२०६० सालमा रेडियो नेपालबाट देश ब्यापी लोक गीत प्रतियोगीता हुदै छ रे भन्ने कुरा सुने । त्यस पछि त्यो प्रतियोगीतामा सान्त्वना पुरस्कार पाए । त्यसै पछि नै मेरो सांगीतीक यात्राको सुरुवात भयो ।

२, तपाईको कुन कुन गीत चर्चामा रहन सफल भए ?
मैले गाएका गीतहरु किन मैले आफ्नो ठाने पराई हुनेलाई बढी चर्चामा रह्यो र धोका, चितवनबाट नारायणी तरेसी गीत ठिकै चर्चामा रहन सफल भयो । सोलो एल्बम् यो पल पनि २०६५ साल तिर बजारमा आएको थियो । जसमा महेन्द्र सेडाईको शब्द र मेरो संगीत, स्वर रहेको थियो । यो गीतले पनि मलाई चर्चामा ल्याएको थियो ।

३, सांगीतीक कार्यक्रमका लागी हाल सम्म कुन कुन देशहरुमा जानु भयो ?
म हाल सम्म दुबई र नेपालका बिभिन्न स्थानहरुको कार्यक्रममा सहभागीता जनाएको छु ।

४, तपाईका आगामी योजनाहरु के के छन् ?
मेरो आगामी योजना भनेको बिभिन्न चर्चित संगीतकारहरुको संगीतमा नयाँ सोलो एल्बम् बजारमा ल्याउने तयारीमा छु । जुन एल्बमको रेकडिङ्ग कार्य जारी छ । आशा छ सबैले मन पराईदिनुहुने छ ।

५, तपाईको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल आफ्नै जन्म भुमीमा खेल्दै, पढ्दै अनि स्कुले जिवनमा गीत गाउदै बित्यो ।

६, तपाईलाई कसरी गीत गाउने प्रेरणा मिल्यो ?
मलाई बिशेष त घर परिवार अनि बिशेष मेरो दाईहरु गोपाल चन्द र दिपक चन्दले गाउदा मलाई गायक बन्ने सपना बन्यो । साथै सबैको हौसला अनि साथ सपोर्ट पाए ।

७, तपाई काठमाडौं आईसके पछि ककस्ले साथ दिएका थिए ?

काठमाडौं आईसकेपछि संगीतको कक्षा लिए । मलाई संगीत सिकाउने गुरुहरु बिजय सिंह मुनाल, धन बहादुर गोपाली, गणेश गुरुङ्ग, राम चन्द्र अन्जान, चन्डी प्रसाद काफ्ले लगायत हुनुहुन्छ । राजकुमार बगर लगायत थुप्रै संगीतकारहरुले पनि साथ दिनु भएको छ । साथै मलाई हरेक पल साथ दिनुमा मेरी जिवन संगीनी अनु ओलीको पनि हात छ । उनले मलाई संगीत क्षेत्रमा साथ सहयोग र समर्थन नगरेको भए यो स्थानमा पनी हुने थिईन होला जस्तो लाग्छ । किनकी कोही कोही कलाकारहरुको श्रीमतीको कारणले गर्दा नै यो क्षेत्र नै छोड्नु परेको अवस्था पनि देखेको छु ।

८, तपाई संगीत शिक्षक पनि हो भन्ने सुनिन्छ नी ?
मैले पहिला सत्यवती कला केन्द्रमा आफै स्वयम संगीत प्रशिक्षक भएर धेरैलाई संगीत कक्षा दिएको छु । तर अहिले मेरै ब्यस्ताले गर्दा संगीत सिकाएको छैन ।

९, हालको सांगीतीक क्षेत्रको बारेमा के भन्न चाहनु हुन्छ ?
नेपाली सांगीतीक क्षेत्रमा बिना प्रशिक्षण एल्बम् निकाल्ने लहर चलेको छ र बिभिन्न खालका छाडा प्रबृतीका गीतहरु बजारमा आईरहेको देखदा मलाई चित्त बुझेको छैन । यसो गर्नु भनेको बिकृती हो । दर्शक श्रोता महानुभावहरुले पनि राम्रो नराम्रो कस्तो छ गीत छुट्याएर राम्रो गीतलाई माया गरिदिनुहोला भन्ने अनुरोध गर्दछु ।

१०, अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
संगीतमा साधना गरिरहेको छु । हजुरहरुकै मायाले म टिकेको छु र साथ सपोर्ट, सल्लाह सुझाव पनि दिनु होला । मेरा गीतहरुलाई माया गरिदिनु होला यही भन्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here