ग्लोबल की टेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ। रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ।
रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथापछि अफ्रिकको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर सुरु गरेको हो ।
रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने भएका छन् ।

मोबाईल  र मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ ।ग्राहकले २० हजार रुपैयाँदेखि माथि जतिपनि मूल्यका मोबाईल शुन्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ताबन्दीमा खरिद गर्न सक्छन्।

योजनामा सिमीत ब्राण्डका मोबाइलको खरिदमा शुन्य प्रतिशत डाउनपेमेन्टको समेत व्यवस्था गरिएको छ ।अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शुन्य प्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।

ग्राहकले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ।यो योजना हाललाई काठमाण्डौ उपत्यकाभित्र मात्र संचालन गरिएको छ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरुगरेको रिचार्जर गुगलप्ले तथा एप्पल एपस्टोरमा गरी १ लाखभन्दा बढी डाउनलोड भैसकेको छ।विश्वका ७ महादेशका उच्च हिमशिखररुमा रिचार्जरको झण्डा फहराउँदै १८ महिनाभित्रमा रिचार्जरलाई विश्वभरीका प्रयोगकर्तासम्म पुर्याउने लक्ष्यअनुरुप काम भैरहेको छ।
रिर्चाजरएप्समार्फत ईसेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाकाडेविट तथा क्रेडिटकार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ।रिचार्जबाट सिनेमाटिकट तथा हवाई टिकटभारी छुटमा किन्न सकिन्छ ।

https://play.google.com/store/apps/details?id=com.reecharger&hl=enhttps://itunes.apple.com/np/app/reecharger/id1125224725?mt=8

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here