राप्ती समाज अस्ट्रेलियाद्वारा राप्ती ईन्टरनेशनल अवार्ड २०७५ हालसालै सम्पन्न भएको छ । सो समाजले बिभिन १५ बिधामा अवार्ड बितरण गरेको थियो ।कलाकारहरुलाई थप हौसला दिने अनि श्रस्टाहरुको सम्मानका निम्ति यो अवार्ड कार्यक्रम आयोजना गरिएको कुरा सोही समाजका अध्यक्ष नरेश रेग्मीले जानकारी गराएका छन । जस मध्य सन्तोष रजौरेले अन्तराष्ट्रीय सर्बोत्कृष्ट चलचित्र संगीत अवार्ड चुम्न सफल भएका छन् । श्याम भट्राई को निर्देशनमा बनेकेा चलचित्र लंका मा प्रदीप भार्द्वाज को शब्दमा सन्तोष रजौरेको संगीत र लोकपृय गायिका आस्था रावत् को स्वर रहेयो थियो ।अष्ट्रेलीयाको सिड्नीमा नरेश रेग्मीको अध्यक्षतामा सम्पन्न बाबा राप्ती अन्तराष्ट्रीय म्युजीक अवार्ड २०७५ मा सर्वोत्कृष्ट चलचित्र संगीत तर्फ लंका फिल्मको बाल मतलब गीतबाट अवार्ड पाउन सफल भएका हुुुन् ।
कार्यक्रम सिड्नी स्थित ईन्द्रेणी फंशन सेन्टर रकडेलमा सभ्य र भव्यताका साथ शु-सम्पन्न भएको थियो। कार्यक्रममा गीत संगीत र नृत्य प्रस्तुतीको लागी आधुनिक तर्फबाट प्रकाश रेग्मी, शिन्धु मल्ल लोक दोहोरी तर्फबाट कृष्ण रेऊले , राधिका हमाल र चलचित्र क्षेत्रबाट नायक पल शाहा गएका थिए र पाँचै जनाले कार्यक्रममा पाल्नुभएका दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here