उदयपुर,भदौ-२७
अरुण तेस्रो हाइटेंसन लाईनको अलाइनमेन्ट परिवर्तनको माग गर्दै प्रधानमन्त्री समक्ष उदयपुरका स्थानियहरुले ज्ञापन पत्र बुझायका छन। उदयपुरका प्रतिनिधि सभाका सांसद सुरेश कुमार राई सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली,नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ महासचिब बिष्णु पौडेल,ऊर्जा मन्त्री बर्षामान पुन सहित बिधुत प्राधिकरणका प्रमुख कुलमान घीसिंग संग बालुवाटारमै भेटेर ज्ञापन पत्र बुझाएको उदयपुरका माननीय सुरेश कुमार राईले जानकारी दिनु भयो। कटारी नगरपालिकाको १,२,३ र ४ नम्बर वडाको मानविय बस्ती पूरै बिस्थापित हुने गरि नक्शाकन गरि लगत कट्टा तत्काल रोकी मानब बस्ती लाई बिस्थापित हुन नदीईनको लागि हामीले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझायका छौ” सांसद राईले भन्नु भयो प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएकोले अरुण तेस्रोको अलाइमेन्ट चेन्ज हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो।
त्यसैगरि कटारी नगरपालिकाका मेयरले ज्ञानेन्द्र श्रेष्ठले आफु हरुले बिकल्प दिन तयार रहेको तर कटारीको बढ्दो सहरीकरण र बस्ती बिस्थापित हुन नहुने कुरा प्रधानमन्त्री समक्ष राख्नु भएको थियो।
अरुण तेस्रो हाइटेंसन लाइन र सोलु कोरिडोर को कटारीको मरुवामा परेको ५ वटा पोल परिवर्तन गर्नको लागि आफुहरु ज्ञापन पत्र बुझाउन आएको संघर्ष समितीका संयोजक केपी बरालले जानकारी दिनु भयो।
त्यसै गरि उक्त टोलीले बुधबार नै प्रधानमन्त्री लाई भेटिसके पछि लगानी बोर्डका प्रमुख माधब प्रसाद अधिकारी संग पनि भेटेर अरुण तेस्रो हाइटेंसनको अलाइमेन्ट परिवर्तन गर्न सुझाब दिएको बताएको छ। ज्ञापनपत्र बुझाउन उदयपुरका सांसद कनपाका मेयर, १,२,३,४ का वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सरोकार वाला निकाय सहितको टोलीले ज्ञापनपत्र बुझायको हो।
लगानी बोर्ड र सतजल बिधुत निगम बीच २५ नोभेम्बर २०१४ मा आयोजनाको पी.डि.य.मा हस्ताक्षर भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here