आगामी आईतबार जापानको टोकियोमा सम्पन्नहुनगईरहेको सुर्य ईनटरनेशनल अवार्ड–२०१८ मा नेपालीफिल्म क्षेत्रमानिरन्तर लाग्दै आईरहेका ४ जनाकलाकार तथापत्रकारलाई सम्मानतथा पुरस्कृत गर्न लागिएको हो ।
अवार्ड समारोहमा ३ दशकभन्दापनि बढि समय फिल्म क्षेत्रमानिरन्तर क्रियाशिल रहनुभएकी बरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्यअभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मानगर्न लागिएको हो ।
यस्तै तीनदशक देखीलगातार फिल्म क्षेत्रमाक्रियाशिल रहँदै फिल्म क्षेत्रलाई योगदान पुराउनु भएका सदावहार नायकभुवन केसीलाई सुर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मानगर्न लागिएको आयोजक संस्था सुर्य कर्पोरेशनकाअध्यक्षबासुदेव लामिछानेले बताएका छन् ।
यस्तै देढ दशकदेखीनिरन्तर चलचित्रपत्रकारितामाकलमचलाउँदै समग्र चलचित्र क्षेत्रको परिवर्तन विकासको लागिलागिरहनुभएकापत्रकार समिप्य राजतिमल्सेनालाई सुर्य चलचित्रपत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो ।
एक दशकभन्दालामो समय देखीक्यामराको माध्यमबाट नेपालीचलचित्र क्षेत्रको वास्तविकतालाई प्रस्तुतगर्दै आईरहनुभएकाफोटो पत्रकार श्रीधर पौडेललाई सुर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो ।
सम्मान र पुरस्कार वितरण कार्यक्रमजापानको टोकियोमाअवस्थितनाकानो जेरो हलमाआगामीआईतावार अवार्ड समारेहमाप्रदानगरिनेछ ।कलाकारहरुको कामको मुल्याङ्कन तथाउर्जालाई साथ र सहयोग पुग्ने गरि अवार्ड समोरोह आयोजना गरेको आयोजकले कलाकार र पत्रकारलाई पनिहौसलाप्रदानको लागि सम्मान र पुरस्कार कार्यक्रमजोडिएको बासुदेव लामिछानेले बताएका छन् । समारोहमाफिल्मको ६ विधा र गायनका ६ विधागरि १२ विधामा अवार्ड वितरण गरिनेछ ।पर्यटन प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र जापानमानिरन्तर नेपालीफिल्मप्रदर्शनलाई प्रभावकारी बनाउन सुर्य ईन्टरनेशनल अवार्ड आयोजनागर्न लागिएको बासुदेव लामिछानेले बताएकाहुन् । अवार्ड समारोहमा साँस्कृतिक प्रस्तुतीहरु सहितको भव्यकार्यक्रमपनिहुनेछ । जसको लागि नेपालबाट शुक्रवार ४ दर्जन बढि कलाकारहरु जापानलाग्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here