नजिकिदैँ गरेको चाडपर्वलाई लक्षितगर्दे मोबाइलएप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फितार्’ योजनाल्याएको छ । जस अन्तर्गत रिचार्जरएपको माध्यमबाटलुगातथाजुत्ताखरिद गर्ने क्रममाआफुसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरलेजनाएको छ ।
ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरे पछि मन नपरेको खण्डमातत्कालै उक्त सामानफिर्ता गर्न सक्ने छन् । ‘रिचार्जरबाट सामान अर्डर गरे पछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकमतिर्नु पर्दैन ।’रिचार्जरका प्रमुखकार्यकारी अधिकृत निराजन सिंहले भने ।
पछिल्लो समय अनलाइनतथाविभिन्न एपबाट सामानकिन्ने ग्राहकहरुले कतिपयअवस्थामाआफुले अर्डर गरे अनुसारको समानपाउन सकिरहेका छैनन् भने पाएको सामानपनिअनलाइनमा देखाइएअनुसारको नहुने समस्या छ । यो अवस्थालाई मध्यनजर गर्दै रिचार्जरले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर यस्तो योजना सुरु गरेको रिचार्जरकाप्रबन्धकदामोदर श्रेष्ठको भनाई छ । यो योजनासिमितअवधिकालागिमात्रलागू हुनेछ ।
रिचार्जरबाट सामानअर्डर गर्नेग्राहकले सामान पाएपछि नगदतथा कार्ड स्वाप गरेर रकमभुक्तानीगर्न सक्छन् । रिचार्जरका प्रबन्धकश्रेष्ठका अनुसार सामान डेलिभरीकाक्रममा कार्डबाट रकमभुक्तानीगर्ने सेवाकालागिपोर्टेबल पस मेसिनको प्रयोग हुनेछ । यसरी सामानहातमा परे पछि मन परेको खण्डमा मात्रनगदवा कार्डबाट रकमभुक्तानीगर्दा सेवाग्राहीलाई सहजहुने विश्वास रिचार्जरले लिएको छ । यसरी रकमभुक्तानीगर्दा कुनै अतिरिक्तशुल्कनलाग्ने रिचार्जरले प्रष्ट पारेको छ ।
साथै रिचार्जर एपको माध्यमबाट दशँैका बेलाहवाई जहाजको टिकट काट्दा ५० प्रतिशतक्यासव्याकपनिपाइने छ । गुगलप्ले तथाएप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनिजतिको रिचार्ज गर्योत्यत्ति नै क्यास व्याकपाइने छ । यसरी प्राप्तहुने क्यास व्याकलाई रिचार्जर बाट सामानखरिद गर्दा डिस्काउण्ट भौचरका रुपमाप्रयोग गर्न सकिन्छ ।
मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दाडेढ दर्जन बैंकको इ बैंकिंगका साथै इसेवा जस्ता पेमेण्ट गेटवे र मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ ।
त्यस्तै होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट लगायतसेवाप्रदायककाबिलहरु पनितिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here