बाँकेमा पहिलो पटक चलचित्र पत्रकार संघ गठन गरिएको छ । संघका केन्द्रीय समितिका सचिव समीर बलामीको प्रमूख आथित्यतामा उक्त संघ गठन गरिएको हो ।
संघको अध्यक्षमा गणेश विक, उपाध्यक्ष जी थापा, सचिव प्रमोद डिजी, सहसचिव लक्ष्मी तिमिल्सीना, कोषाध्यक्ष रमन ओली निर्विरोध निर्वाचित भए । त्यस्तै जावेद हल्वाई, जागेश्वर सिंह थारु, सावित्री विक र ज्योती बुढा सदस्यमा निर्विरोध चयन भए । उक्त संघको सल्लाहकारमा नरेन्द्र थापा, कमल खत्री र माधव अधिकारी रहेका छन् ।
संघ गठनपछि जिल्लाको फिल्म र मनोरञ्जन क्षेत्रको समाचार सम्प्रेषण तथा फिल्मी बजार प्रवद्र्धनमा टेवा पुग्ने केन्द्रीय सचिव बलामीले जनाए ।
पहिले देखिनै गठन गर्ने क्रममा रहेको संघलाई केन्द्रिय सचिव समीर बलामी नेपालगञ्ज आएको मौका पारेर गठन गरिएको ९ सदस्यीय तदर्थ कमिटीलाई चलचित्र पत्रकार संघ, नेपाल केन्द्रिय समितीले अनुमोदन गरिसकेपछि पूर्ण समिति बनाउने तदर्थ समितिका अध्यक्ष गणेश विकले बताएका छन् । कार्यक्रममा जिल्ला भरीका क्रियाशिल पत्रकारहरुको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here