अहिलेकी चर्चित डान्सर मोडेल एलिसा राइ अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायिका शर्मिला राइको स्वरमा रहेको ”आँखामा गाजल”मा चर्चित युवा गीतकार डी पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ”आँखामा गाजल”को अभिनयमा एलिसालाइ आकाश राइले साथ दिएका छन ।

धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ। भिडियोमा गीतको मर्मअनुसारनै बिशेष गरी किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here