पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार २ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको नयाँ पुर्वेली भाकामा अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय गायक जुलिन वराल र गायिका विन्दु राईको आवाजमा “ औँठी है साटौला ” गीतको भिडियो बजारमा आएको छ ।
डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा प्रेमको भावहरुलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । गीतमा एरेन्ज राजु कार्किले गरेका छन । राहुल राईँको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , पार्वती राईको निर्देशन भिडियोमा रहेको छ । “ औँठी है साटौला ” गीतको भिडियोमा पार्वती राई र अमेरिकामा बसेर नेपाली कलाकारितामा सक्रिय रहेका झुलेन बरालको नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here