नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) – पशुपति बुद्ध मन्दिरले यस वर्षको द्यौसी–भैलो मार्फत मन्दिर निर्माणका लागि ११६,००० (एक लाख सो¥ह हजार) अमेरिकी डलर रकम दान उठाउन सफल भएको छ । वासिङ्गटन डिसी मेट्रो क्षेत्रका राज्य लगायत अन्य राज्यहरु र विदेशबाट समेत दान सहयोग प्राप्त गर्न सफल यस वर्षको द्यौसी–भैलो कार्यक्रममा ८ वर्ष देखि ८१ वर्षसम्मका व्यक्तिहरु कार्यक्रममा सहभागी भई मन्दिर निर्माण कार्यमा दान सहयोग गरेको कुरा एनइसीसीले हालै जारी गरेको प्रेस व्यक्तव्यमा जनाएको छ ।

एनइसीसीले जनाए अनुसार सन् २०१४ देखि डिसी महानगर क्षेत्रमा द्यौसी–भैलो कार्यक्रम शुरु गरेको थियो । ‘द्यौसी भैली मार्फत मन्दिर निर्माणमा सहयोग जुटाउने, नेपाली संस्कृतिलाई समुदायका सदस्यहरुको घर आगनमा पु¥याउने र दोश्रो पुस्ताहरुलाई सकेसम्म सहभागि गराउने साथै यसै मार्फत संस्था र समुदायको सम्वन्ध अझ बलियो बनाउने उद्धेश्य सहित द्यौसी–भैला सञ्चालन गरिएको हो ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तीमा उल्लेख गरे अनुसार यस वर्ष एनइसीसीबाट ६ दिन लगाएर डिसी, मेरिलैण्ड र भर्जिनाया राज्यका विभिन्न २२ स्थानमा द्यौसी–भैली खेलिएको थियो । जसमध्ये अमेरिका स्थित नेपाली राजदूतावासमा राजदूत, दूतावासका कर्मचारीहरु तथा नेपाल सरकारका पूर्व मन्त्री तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय समेतको उपस्थितिमा खेलिएको थियो ।

उक्त स्थानहरु मध्ये सवै भन्दा धेरै ३४,००१ अमेरिकी डलर दान सहयोग एनपीपीएको कार्यक्रममा संकलन गरेको देखिन्छ । एनइसीसीका अनुसार सो सहयोग रकम संकलन हुनमा एनपीपीएका अध्यक्ष राजु जोशि, संस्थापक अध्यक्ष राम मालाकार तथा निवर्तमान अध्यक्ष सरोज प्रजापतिको विशेष भूमिका रहेको थियो । यसै गरि दोश्रो धेरै सहयोग २८,३६३ अमेरिकी डलर नविन तथा सरला नेपालको घरमा खेलिएको द्यौसी–भैलीबाट संकलन गर्न सफल भएको जसमा डिसी महानगर क्षेत्र बाहिरबाट समेत दान प्राप्त भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा द्यौसी–भैलो कार्यक्रममा खट्ने सम्पूर्ण कलाकारहरु, द्यौसी–भैलो कार्यक्रमलाई आफ्नो घरमा सञ्चालन गर्न आमन्त्रण गर्ने दाताहरु, राम्रो व्यवस्थापनमा गरेर कार्यक्रमलाई सफल बनाउने स्वयंसेवक तथा संस्थाका सदस्यहरु, मिडिया तथा सञ्चारकर्मीहरु लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

‘द्यौसी–भैलो कार्यक्रम मन्दिरको एउटा महत्वपूर्ण कार्यक्रम हुंदै आइरहेको छ । समुदायमा संस्था आफैं पुग्ने र समुदायबाट नै दान सहयोग जुटाउने यो एउटा प्रभावकारी कार्यक्रम रहेको पाएका छौँ । सन् २०१४ देखि यस पल्टको पाँचौ वर्षसम्म एक ठाउँ, एक दिन समेत नछोडी, आफ्ना सबै कामहरुलाइ पन्छाएर अहोरात्र खट्ने कलाकार र टिमका सदस्यहरुको परिश्रमले एनइसीसीको द्यौसी–भैलो हरेक वर्ष थप प्रभावकारी हुन सकेको छ । समुदायका सदस्यहरु र दाताहरुको उत्तिकै उत्साहजनक साथ र सहयोगले हामीमा उर्जा थपेको छ ।’ संस्थाका अध्यक्ष खिलेन्द्र मणी न्यौपानेले बताए ।

उपसभापति सरोज प्रजापतिका अनुसार यसै वर्षको सेप्टेम्बर ३० मा आयोजना गरिएको ‘फण्ड रेजिङ्ग डिनर’ बाट मन्दिर निर्माणका लागि दुइ लाख अमेरिकी डलर उठाउन सफल भएको थियो । ‘एक महिना अगाडि मात्र यहि समुदायका दाताहरुले त्यत्रो रकम सहयोग गर्नुभयो । फेरि लगत्तै एक महिना पछिको यस कार्यक्रममा अर्को एकलाख भन्दा बढि रकम दान सहयोग गर्नुभयो । हामीले यस पटक मन्दिर निमार्णको स्पष्ट योजना र प्रारुप सहित समुदायमा सहयोगका लागि अनुरोध गरेका थियौँ । वहाँहरुले पनि दिल खोलेर सहयोग गर्नु भएको छ । यसका लागि एनइसीसी परिबार सवै दाता, कलाकार र सहयोगीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै उठेको सम्पूर्ण रकम मन्दिर निर्माण कार्यमा सदुपयोग गरिने छ ।’ प्रजापतिले बताइन्

डिसी नेपालले यस वर्षको २२ वटा स्थामा खेलिएको द्यौसी–भैली कार्यक्रमलाई प्रत्यक्ष प्रशारण गरेको थियो भने डिसी क्षेत्रका साथमा अमेरिकाका अन्य राज्यहरु तथा विदेशबाट समेत दान सहयोग प्राप्त भएको थियो । समापन कार्यक्रममा जानकारी गराइए अनुसार शान्ति न्यौपानेको पहलमा यस वर्ष मात्र डिसी महानगर क्षेत्र बाहिरबाट १२००० डलर भन्दा बढि सहयोग प्राप्त भएको थियो । थप विशेषताका रुपमा आठ वर्षकी सानी नानी कृपा सिटौलाले भगवान गौतम बुद्ध र नेपालका दृश्यहरुको चित्र कोरेर साथीहरुलाई बेच्ने र त्यसबाट आउने पैसा जम्मा गरेर दिनको २५ सेन्टका दरले मन्दिरलाई दान गर्दै ट्रष्टि (जसका लागि ५००० डलर दान गर्नुपर्ने प्रावधान छ) बन्ने घोषणा गरेकी छन् भने १६ वर्षका विवेक न्यौपानेले दिनको ५० सेन्टका दरले एक वर्षको १८५ डलर मन्दिरलाई दान सहयोग गरेका छन् । यसैगरि ८१ वर्षकी सावित्री क्षेत्रीे समेतले डलर अ डे सहित संस्थाको ट्रष्टि बन्ने घोषणा गरेकी थिइन् ।

अमेरिकामा आएका नेपालीहरुले सबै भन्दा पहिला स्थापना गरेको करिब ७५ रोपनी जग्गा सहितको डिसी महानगर क्षेत्रमा आवस्थित यस मन्दिरले हरेक वर्ष आयोजना गर्ने द्यौसी–भैली कार्यक्रमले यस क्षेत्रमा नेपाली संस्कृतिलाई पुर्नजीवित गर्न र समुदाय तथा मन्दिरको बीचमा सम्वन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको समुदायका सदस्यहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here