नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसले क्याम्पसमा भएको अनियमित र अव्यवहारिक शुल्क वृद्धिको बिरोध गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासन र केहि सिमित स्वार्थ बोकेका व्यक्तिले गर्दा भर्ना शुल्क लगायत अन्य शुल्कमा समेत वृद्धि भएको भन्दै तालाबन्दी गरेको हो । ने वि संघका सचिब सहदेव खत्रीका अनुसार क्याम्पसले टहरा निर्माण र सेवा र सुबिधा वृद्धि गर्ने नाउँमा भ्रष्टाचार गर्ने नियतले शुल्क वृद्धि गरेको आरोप लगाएका छन । भर्ना शुल्कमा पुरानो रकम यथावत गर्ने , क्याम्पसमा क्यान्टिनको व्यवस्था, बि पि लाइब्रेरीको पुन स्थापना र पुस्तकालयमा नया पुस्तक थप्नु पर्ने लगायतका माग सम्बोधन नहुन्जेल तालबन्दी नखुल्ने सचिब खत्रीले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here