नेपाली कांग्रेसको भातृ सस्था नेपाल विद्यार्थी संघले त्रि-चन्द्र क्याम्पसमा अनियमित र अव्यवहारिक ढङ्गले बढाएको भर्ना शुल्क र अन्य विभिन्न विषयमा गरेको शुल्क वृद्धिको बिरोध गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले मनोमानी रुपमा शुल्क बढाएको भन्दै ने वि संघले तालाबन्दी गरेको छ । भर्ना शुल्क वृद्धि र विभिन्न शिर्षकमा गरेको शुल्क वृद्धिको निर्णय तत्काल खारेज गर्ने, पुरानो शुल्क यथावत गर्ने , पुस्तकालयमा नया पुस्तक थप्नु पर्ने र पुस्तकालयको व्यवस्थापन गर्नु पर्ने,बि पि लाइब्रेरी सुचारु गर्नु पर्ने र क्याम्पसमा क्यान्टिनको व्यवस्था गर्नुपर्ने लगायतका माग सम्बोधन नहुन्जेल तालबन्दी नखुल्ने भन्दै ने वि संघका सचिब बिपिन ढुंगानाले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here