काठमाडौंको ठमेलस्थित नर्सिङ चोक मार्गमा फेमिली रेष्टुरेन्ट ‘ रेड लायन्स लाईभ वार एण्ड क्लव ’काे अाधिकारीक रूपमा उद्घाटनको तयारीमा जुट्काे छ ।

सञ्चारकर्मी समेत रहेका रोशन दानी र युवा व्यवसायी अर्जुन थापाको लगानीमा रेष्टुरेन्ट ‘रेड लायन्स वार एण्ड क्लब ’अाधिकारीक रूपमा उद्घाटन पछि विधिवत रूपमा सञ्चालनमा आउन लागेकाे हो ।

छिटै एक कार्यक्रमका विच सञ्चालनमा आउँन लागेको रेष्टुरेन्ट ‘रेड लायन्स लाईभ वार एण्ड क्लव मा गीत संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका परिकारका साथै पारिवारिक जमघटमा रमाउन चाहानेहरूकाे लागि नयाँ अायम थपिने रेड लायन्स वार एण्ड क्लवका प्रबन्ध निर्देशक रोशन दानीले बताए

रेष्टुरेन्टमा चाइनिज,थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक लाईभ सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिने प्रबन्ध निर्देशक दानीको भनाई छ ।

‘रेड लायन्स लाईभका ’अध्यक्ष अर्जुन थापाले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेट र मिनि क्लवको सुरुवात गरेको बताए । रेष्टुरेन्ट बिहान ११ बजेदेखि राति २ बजेसम्म सञ्चालनमा आउनेछ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुति रहने जनाइएको छ । दैनिक रूपमा डिजे वडे पाटी र विभिन्न ईभेन्ट गर्न मिल्ने सेवाहरू दिने कार्यक्रमहरू रहेकाे कम्पनीले वताएकाे छ ।

ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने र त्यहाँवाट दहचोकको पर्यटकिय प्रर्वधनमा टेवा पुर्याउने र भावी दिनमा दहचोक डाडामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको दानीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here