गायक फुर्वा तामाङको आवाजमा रहेको झ्याप्पै तिमीलाई सार्वजनिक भएको छ। बाबुल गिरीको संगीत तथा निर्मल पुरीको शब्दमा रहेको गीतमा फुर्वालाई लक्ष्मी स्याङ्तानले गीतमा साथ दिएकी छिन्। रमाइलो र कमेडी शैलीमा कोरियोग्राफ गरिएको गीतमा नेपालका चर्चित डान्स ग्रुप भिमफेदी गाइज र अलिशा राईलाई प्रस्तुत गरिएको छ। अलिसाका लागि ३दाजु भाईको हनाथापलाई गीतमा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ।

भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here