सेसी नेपालको साझेदारी र सहयोगमा टुकी संघ सुनकोशीले आयोजना गरेको सुशासन र जवाफदेहिता सम्बन्धी तीन तालिम तालिम सम्पन्न भएको छ । स्थानीय सरकारलाई पारदर्शि र जवाफदेहिता अभिवृद्धि गर्न नागरिकहरुको क्षमता विकासका लागि जिल्लामा सुशासन परियोजना सञ्चालनमा रहेको छ । महिला तथा सिमान्तकृत समुदायहरुको सहभागीतालाई प्रविधिको प्रयोग मार्फत् सुशासन र जवाफदेहिता संयन्त्रमा स्थानीय सरकारको नीति निर्माण, योजना तर्जुमामा नागरिक संलग्नता गराउनुपर्ने जोड दिएर सुशासन परियोजनाले तालिम सञ्चालन गरेको हो ।

सुशासन परियोजना अन्तर्गत वाह्रविसे नगरपालिका र सुनकोशी गाउँपालिकाका विभिन्न नागरिक समाज संस्थाबाट सहभागी भएका प्रतिनिधिहरुलाई तालिम प्रदान गरिएको हो । स्थानीय सरकारको काम कारवाहीलाई पारदर्शि बनाउन स्थानीय सरकारको सहयोगमा तथ्यांक (डाटा) पोर्टलको विकास गरिएको छ ।

स्थानीय सरकारको तथ्यांक पोर्टलको बारेमा जानकारी दिँदै सुनकोशी गाउँपालिकाका सूचना प्रविधि अधिकृत गणेश खड्काले भन्नु भयो, सूचक सँगैको तथ्यांकसंग्रहहरुको उपलब्धताले गाउँपालिकासँग सम्बन्धित नीतिहरु, निर्णयहरु, वार्षिक विकास कार्यक्रम तथा कार्यक्षेत्रगत बजेट र अन्य उपयोगी जानकारीहरु अब घरमै बसी–बसी सुनकोशीको डाटा पोर्टल ९धधध।कगलपयकजष्।कगकबकबल।यचन० खोलेर हेर्न सकिन्छ ।

त्यसैगरी वाह्रविसे नगरपालिकाबाट सूचना प्रविधि अधिकृत विकास पौडेलले नागरिहरुको सूचनामा पहुँच बढाउन, नीति कार्यक्रम र बजेटको विश्लेषण र आवश्यकता बमोजिमको सुचना लिन, प्रयोग गर्न, पुनर्वितरण गर्न उदाहरण दिँदै वाह्रविसे नगरको तथ्यांक पोर्टल ९धधध।दबचजबदष्कभ।कगकबकबल।यचन० खोलेर वाह्रविसेको आधिकारीक जानकारी लिन सकिने बताउनुभयो । सहभागीहरु पनि सरकारको डाटा पोर्टल खोलेर सूचना लिन सक्षम भए ।

तालिममा खुल्ला तथ्यांक, स्थानीय सरकारको तथ्यांक पोर्टल, लैङ्गिक तथा गरिबमुखी (समावेशी) बजेट, स्थानीय सरकारको नीति तथा कार्यक्रम को विश्लेषण सहित अभ्यास, सामाजिक जवाफदेहिताका संयन्त्र, सार्वजनिक सुनुवाईको अभ्यास, गुनासो सुनुवाईका संयन्त्र र स्थानीय सरकारले अवलम्बन गरेका गुनासोको सुनुवाइका बारेमा जानकारी गराइयो ।

निर्णय प्रक्रियामा वृहत नागरिक सहभागितालाई प्रोत्साहन गर्ने, व्यापक सहमतिमा आधारित भएर निर्णयमा पुग्न प्रयत्न गर्ने, निर्णय प्रक्रियामा सबै खाले जाँचबुझका लागि खुल्ला रहने र नागरिकहरुका आवश्यकतालाई सुन्ने र सम्बोधन गर्ने विशेषतामाथि सुशासन परियोजनाका फिल्ड संयोजक निर्मल राउतले छलफल गराउनुभयो ।

सुनकोशी गाउँपालिकाका लागि सुशासन परियोजनाका फिल्ड संयोजक नवराज पराजुलीले योजनाको तर्जुमाकै चरणदेखि नागरिक संलग्नता अभिवृद्धि गर्ने प्रयास गरिँदै आएको उदाहरण पस्कँदै, सङ्घसंस्था खोल्ने स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, माग र आपूर्तिबीचको सन्तुलन मिलाउने सम्बन्धमा राजनीतिक सक्षमता र क्रियाशीलताको प्रदर्शन व्यवहारमा नै हुनुपर्ने अनुशिक्षण सहभागीहरु माझ प्रस्तुत गर्नुभयो ।

मुलुकको समग्र आर्थिक एवं सामाजिक समुन्नतिका लागि सुशासन अपरिहार्य छ । तालिमकै सेरोफेरोमा कुरा गर्दै सुशासन परियोजना जिल्ला कार्यक्रम संयोजक सम्झना प्याकुरेल भन्नुहुन्छ, सुशासनलाई व्यवहारमा प्रभावकारी गराउन, सरकारका नीति, निर्णय, योजना, कार्यक्रमको कार्यान्वयनमा नागरिकलाई सेवाकेन्द्रबाट सरल, सहज सेवा प्रवाह गर्ने कार्यमा क्षमता अभिवृद्धि गर्न सुशासनका लागि दीर्घकालीन सोच एवं संस्कारमा सुधार गर्न नागरिक नै जागरुक भएर सचेतना जगाउन आवश्यक छ ।

सहभागीहरुले तालिम पाएपछि खुसी भएका थिए र लिईएको तालिम आफ्नो समूहमा गएर पुनः सञ्चालन गर्ने बताएका थिए ।

सुशासन परियोजनाले यस अघि पनि नागरिक समुदाय सँगै स्थानीय सरकारबाट नेतृत्व गरेका जनप्रतिनिधिहरुलाई समावेश गराई स्थानीय तहले गर्ने काम, प्रदान गरिने सेवा र विकास कार्यहरूमा पारदर्शिता अभिवृद्धि गर्न र उत्तरदायी कार्यप्रणालीलाई प्रोत्साहित गर्न नेतृत्व विकास सम्बन्धी तालिम सञ्चालन गरेको थियो । नवराज पराजुली-सिन्धुपाल्चोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here