एक हारले पुरै सिरीज गुमाएका छैनौं: सचिन तेन्दुल्कर

एजेन्सी: पुणे टेस्टमा टीम इन्डिया पहिलो म्याचमै अस्ट्रेलियासँग हारेपछि सचिन तेन्दुलकरले पुरै सिरीज नहारेको बताएका छन्। उनले भनेका छन् ‘एउटा टस्टम्याच हार्दैमा पुरै सिरीज हारियो भन्‍नु गलत हो। हाम्रो ट्टीमको पहिचान बेग्लै छ।अर्को म्याच अवश्‍य जित्‍नेछौ।’

उनले दिल्लीमा आयोजित २१ किलोमिटर म्याराथोनमा भाग लिन आइतबार दिल्ली आएका बेला सो कुरा बताएका हुन्। चार म्याच सिरीजको दोस्रो टेस्ट मार्च ४ देखि बैंग्लोरमा हुँदैछ। पहिलो टेस्ट्‌मा भारतका ब्याट्सम्यानले खराब प्रदर्शन गरेपछि अस्ट्रेलियासँग ३ सय ३३ रनले हार्नु परेको थियो।

कप्तान बिराट कोहलीले पहिलो इनिङमा ० र दोस्रोमा १३ रन बनाएका थिए भने अस्ट्रेलियाले पहिलो इनिङमा २६० रन बनाएको थियो तर जवाफमा भारतले मात्र १०५ रनमा समेटिएको थियो।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित