बार्सिलोना र मेस्सीबिच ‘निकै राम्रो विवाह’ – निर्देशक एरिएडो ब्राइडा

लियोनल मेस्सीले बार्सिलोना नछोड्ने क्लबका निर्देशकले बताएका छन् । बार्सिलोना र मेस्सीबिच ‘निकै राम्रो विवाह’ भएको भन्दै क्लबका निर्देशक एरिएडो ब्राइडाले मेस्सीले क्लब नछोड्ने बताएका हुन् । बार्सिलोनासँगको मेस्सीको सम्झौता सन् २०१८ मा सकिँदैछ । तर नयाँ सम्झौता अहिलेसम्म भएको छैन । उनलाई केही प्रिमियर लिग क्लब र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले भित्र्याउन चाहेको खबर पनि आइरहेका छन् । बार्सिलोनाले मेस्सीले क्लब नछोड्ने र उनीसँग नयाँ सम्झौता हुने बताउँदै आएको छ । क्लबका निर्देशक ब्राइडाले भने ‘बार्सिलोना उनका लागि उत्तम ठाउँ हो, यो दुबै बिचको अति नै राम्रो संयोजन हो, राम्रो र निकै मिलेको विवाह जस्तै।’
Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित