दहचोकका समाज सेवी युवाको प्रयासमा विद्यालय भवन पुन निमार्ण

रोसन दानी- काठमाडौं । समाज सेवी कृष्ण गिरीको पहलमा एवं दहचोक युवा समूहको सहयोमा ‘भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम २०७२–०७३ अन्तर्गत काठमाण्डौ जिल्लाको चन्द्रगिरि नगरपालिका साविका दहचोक झाँगाझिटिमा अवस्थित जन चेतना प्रावि विद्यालयको ट्रस भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय काठमाण्डौंका विद्यालय निरीक्षक माधव विक्रम मल्ल मार्फत नवनिर्मित भवन उद्घाटन, हस्तान्तरण एवम् सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा निरीक्षक माधव विक्रम मल्लले भुकम्पले क्षतिग्रस्त भएको अवस्थामा स्थानिय समाज सेवी दाताहरुले भुकम्प प्रतिरोधी भवन पुनर्निर्माण गरी विद्यालयका बालबालिका तथा शिक्षक शिक्षिकाहरुलाई पठनपाठन गर्न गराउन उपयुक्त वातावरण श्रृजना गरिदिएकोमा धन्यबाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार सिंह तामाङले विनाशकारी भुकम्पले विद्यालयको लगभग सबै भवनहरु क्षतिग्रस्त भए यता विभिन्न संघसंस्थाहरुबाट सहयोग प्राप्त भई अस्थायी कक्षा कोठामा राखी पठनपाठन भईरहेको तर मौसमी परिवर्तन संगसंगै विभिन्न समस्याहरु आउने गरेको बताउनुभयो । विदेशमा वसेरै अभियानमा साथ दिएका कृष्ण गिरी लगायत स्थानियको सहयोमा निमार्ण भएको पक्की भवन पुनर्निर्माण गरी विद्यालयलाई धेरै राहत मिलेकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामाज सेवी तथा विद्यालय भवन पुन निमार्ण अभियान नेपालका कृष्ण गिरीले भवन पुनर्निर्माणमा लागेको कुल लागत रकम रु ८६८०००  संकलन गरिएको र स्थानिय जन सहयोग प्राप्त गर्न सफल भएको बारे विस्तृत रुपमा समुदाय समक्ष सार्वजनिक परिक्षण प्रतिवेदन पेश गर्नुभयो ।
यसैगरी तत्कादिन दहचोक गाउँ विकास समितिका निवर्तमान अध्यक्ष हरिशरण थापाले भुकम्प पछि विद्यालयहरुको भवन क्षतीग्रस्त भई विद्यार्थीहरुलाई असहज वातावरणमा पठनपाठन गराईरहेको अवस्थामा स्थानिय समाज सेवीहरुको आर्थिक सहयोग तथा दहचोक युवा समुहको सकृयतामा विद्यालय भवन पुनर्निर्माण गरी पठनपाठन कार्यमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
नेपाली कागेंस चन्द्रगिरि वडा समितिका सभापति विदुर वहादुर वखतीले देशमा नीजि विद्यालय भन्दा सामुदायिक विद्यालयको क्षमता, महत्व र अवसरहरुलाई उचाइमा ल्याउन आफूले सक्दो प्रयास गर्ने र केहि रकम विद्यालयलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनहरुमा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक शैक्षिक कार्यक्रमहरु मार्फत संस्थाको सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनु भयो ।
विद्यालय हस्ताणतरण अभियानमा वोल्दै नयाँ शक्ति नेपाल चन्द्रगिरि नगर संयोजक शशिकुमार गिरीले विद्यालय भवन पुनं निमार्णले वालवाललिको शिक्षाको अधिकार सुनिश्चित गरेको वताउँदै आगामि दिनमा आर्थिक एवं नैनिक सहयोग गर्ने प्रतिव्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमा नेपाली काँग्रेस वाडा १ का सभापति जीवन गिरीले विद्यालयको पुनं निमार्णले उर्जा थपेकोमा जोड दिनु भयो । नेकपा एमालेका चन्द्रगिरि युवा नेता राजेन्द्र केसीले विद्यालय पुनं निमार्णले समाजिक योगदानमा ठूलो महत्व राख्ने वताउँदै,सिङगो देशमा युवाहरुको सकारात्मक प्रभाव पर्ने चर्चा गनु भयो ।
कार्यक्रममा नेकपा माओवादीका राम भरोसा गिरीले शैक्षिक क्षेत्रको विकासमा युवाहरुको साथ र सहयोगलेनै सिगो राष्ट्र निमार्णमा महत्वपुर्ण भुमिका खेलेमा आफु विश्वस्थ रहेका वताउँनु भयो ।
Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित