नेपाल केन्यासँग ५ विकेटले पराजित

आइसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल घरेलु मैदानमा केन्यासँग पराजित भएको छ । खेलमा नेपाल ५ विकेटले पराजित भएको हो । बर्षाको कारण निर्धारित ५० ओभरको खेललाई ३८ ओभरमा झारेर खेल सुरु भएको थियो । केन्याले डि एल मेथडअनुसार १०४ रनको लक्ष्य पाएको थियो। केन्याको लागि २९ ओभरको इनिङ दिइएको हो । तर केन्याको ब्याटिङ चलिरहँदा खेल पुन बर्षाले अवरुद्ध भएपछि केन्याले २६ ओभरमा ९४ रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो । सोही नयाँ लक्ष्य केन्याले ५ विकेट गुमाउँदै पुरा गर्यो ।

केन्याको लागि कप्तान राकेप पटेलले नट आउट ३४ रनको योगदान दिए भने कोलिन्स ओबुयाले २४ रन बनाए ।
त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।
बर्षाको कारण निर्धाँरित समयमा खेल सुरु हुन नसकेपछि केही समयपछि खेल सुरु भएको थियो ।
केन्याले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले १९ शक्ति गौचनले नट आउट १८ तथा सोमपाल कामीले नट आउट १५ रन बनाउनु बाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले सम्मानजनक रन बटुल्न सकेनन् । अलराउन्डर सागर पुनले १० रन बनाए ।

बलिङतर्फ केन्याका शेम एनगोचेले सर्वाधिक ३ विकेट लिए भने नेल्शन ओधियाम्बोले २ विकेट लिए ।

८ राष्ट्र सहभागि प्रतियोगितामा नेपाल छैठौँ स्थानमा छ भने केन्या पाँचौँ स्थानमा छ । आजको खेलमा जित निकालेको केन्याले महत्वपुर्ण २ अंक बटुलेको छ । नेपाल र केन्याबिचको दोस्रो खेल सोमबार हुनेछ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित