कलाकारिता तथा मोडलिङनै मेरो भबिष्य हो – मोडल सुपा केसी

0
902

काठमाडौँ: कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भबिष्य सम्झेर एक कुशल, प्रख्यात चर्चित नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन सुपा केसी l आजकालको बढ्दो ग्ल्यामर्स मोह चाहले गर्दा मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल सुपा केसी लागेकी छिन l


काठमाडौँ सोह्रखुट्टेकि स्थायी बासिन्दा सुपा अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l नृत्य र अभिनयमा पोख्त सुपा केसी सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो l आधा दर्जन म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी सुपाले हास्य टेलिचलचित्र “अति भो” मा समेत आफ्नो कला र अभिनय प्रस्तुत गरिसकेकी छीन, उनी आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l

भर्खर मात्र २३ औ बसन्तमा प्रवेश गरेकी सुपा केसी हेर्दा आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सुपा केसी यदि अन्य कुनै पनि ठाउ बाट म्युजिक भिडियो, टेलिचलचित्र तथा फिल्ममा अफर आएमा सदैब खेल्ने सोचमा छिन l सानै उमेर देखि कलाकारिता, मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सुपा केसी अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन l

मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ

मोडल सुपा केसी भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।

आफु कलालाई सम्मान गर्ने भएकोले कलाकारिता क्षेत्रमा केहि नया कुराको आयाम थप्दै भविष्यमा सम्पूर्ण नेपालीहरुको मन जित्दै एक कुशल अभिनेत्री बनेर राष्ट्रको सेवा गर्नको साथै एक समाजसेवी भएर दुखि पिडितको सेवा गर्ने समेत उनको उदेश्य रहेको छ l

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here