चोरि भयो गायिका पूजा सुनुवारको मन [भिडियो सहित]

2
2077

पछिल्लो समय सेल्फि 2(ट्युसन पढाउँछु) लगायत केही चर्चित गित गाएर एकाएक चर्चामा आएकी नयाँ पुस्ताकि प्रतिभावान गायिका पूजा सुनुवारले फेरि पनि “यो मन मेरो चोरिसकेछौ” बोलको अर्को रमाईलो गितको भिडियो सार्बजनिक गरेकी छिन।
चर्चित गितकार डि.पी खनालको रचना र यूवा संगितकार तथा गायक शंकर थापा”स्माईल”को संगित रहेको यस गितमा संगित संयोजन उदयराज पौडेलको रहेकोछ।रोमान्टिक शैलिको यो गितको म्युजिक भिडियोमा दुबई शहरका विभिन्न रमणीय दृश्यहरु कैद गरिएका छन् ।
दुबईका ख्यातिप्राप्त नेपाली मोडेल  मोहन बोगटी र सरिका सुनारको अभिनय रहेको भिडियोलाई बरिस्ठ नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका हुन्।रोहित बिक्रम कार्की र बिरेन्द्र भट्टले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । दुर्गा बहादुर सुनुवारको प्रस्तुति रहेको यो भिडियोलाई डश म्युजिक प्रा.लि.मार्फत सार्बजनिक तथा बजार व्यबस्थापन गरिएको छ।

हेर्नुहोस् भिडियो

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here