सांगितीक क्षेत्रको सफल जोडी महेन्द्र राई र दीपा तामाङ

इलाम कोल्बुङका गायक तथा संगीतकार महेन्द्र राई र गायीका दीपा तामाङ ‘कभरसङ्ग’ गाएर चर्चामा छन् । २०५३ मै गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा आएपनि महेन्द्र साडे ३ वर्षयता दीपासँग ‘कभरसङ्ग’ गाउन थालेपछि सांगीतिक क्षेत्रमा चिनिएका व्यत्तित्व हुन् ।

५० हाराहारी गीतमा कभर गाएका उनिहरुले युट्युबमा आफ्नै नाममा ‘महेन्द्र एण्ड दिपा च्यानल’ खोलेर पुराना गायक गायिकाका गीत गाउँदै सार्वजनिक गर्छन् ।

‘कभरसङ्ग’ ले चर्चामा आएका महेन्द्रले हालसम्म ३० भन्दा बढि गीतहरुमा संगीत गरेका छन् । भने दिपाले एक दर्जन गीतमा स्वर दिएकी छिन् । संगीत अध्ययन गरिरहेकी दिपापनि कार्यक्रममा गाउन व्यस्त छिन् ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित