चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गते देखि संचालन गरेको रमाईलो दशँै तिहार योजनाको उपहार वितरण गरेको छ । उक्त योजनाको बम्पर पुरस्कार टिभिएसको अपाची आरटीआर मोटरसाइकल दिब्यन्त ढुंगानाले पाएका छन् ।
बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहारलगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टिभिएसको जुपिटर क्लासिकस्कुटरपाएका छन भने पदमकार्कीले टिभिएसकै विगो स्कुटर जितेका छन् । यसैगरी संगिता भुजेलले बैंकको ट्रिपको उपहार प्राप्त गरेका छन् ।
रमाईलो दशँै तिहार योजनाअन्तर्गत कम्पनीले मेलाअवधिमा नै दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन, लगायत छन् भने साप्ताहिक रूपमामलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराएको थियो ।
असोज १९ गतेदेखि सुरु भएको रमाईलो दशँै तिहार योजना कात्तिक ३० गतेसम्म संचालन भएको थियो । राजधानीको चाबहिल स्थितकेएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइलहब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमाहल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।