बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित २ बालकको मृत्यु भएको छ।

ताप्नका लागि छाउगोठमा बालेको आगो निभाउन बिर्सिँदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका–९, अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश बोहरा र ९ वर्षीय रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

उनका अनुसार आमा अम्बासहित दुई छोराहरु सुतिरहेको बेलामा राति आगोे सल्केर सबै जनाको मृत्यु भएको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी घटनास्थल पुगेको थियो।

मृतक अम्बाका श्रीमान् विदेशिक रोजगारीका क्रममा विदेश छन्। रासस